अरु चलचित्र हेर्छन् । म चलचित्र पढ्छु सायद । मन परेको कलाकारले अभिनय गरेको र मन परेको निर्देशकले निर्देशन गरेको फिल्म छुट्यो भने आई रहेको परीक्षाको प्रवेशपत्र हराएझैँ महशुस हुन्छ मलाई । नेपाली चलचित्रको ब्राण्ड नै बनेको दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र छक्का पंजा २ हेर्न यो ज्यान आफ्नो धर्मपत्नीसहित बाबु र नानी बोकेर फिल्म रिलिज भएकै दिन पोखरा मिड टाउनको पूर्वी हलमा पुग्यो । ब्राण्ड भनेको ब्राण्ड हो । ब्राण्ड आँफू घाटा खाएर टाँट पल्टन सक्छ, तर आफ्नो ग्राहक र सेवाग्राहीलाई ठग्दैन भन्ने मान्यता सँधै दिमागमा थियो । चलचित्र छक्का पंजा २ हेरेपछि यो मान्यता भत्कियो ।
 
मैले अहिलेसम्म मेरो जीवनमा त्यस्तो कुनै कथा, उपन्यास वा नाटक पढेको याद छैन जुन पढेपछि मलाई प्रोटागोनिस्ट (नायक) को हो भन्ने थाहा नै नहोस् । प्रोटागोनिस्ट हुन्छ, उसको लक्ष्य हुन्छ । त्यो लक्ष्य प्राप्तीको लागि उसले संघर्ष गर्छ । एन्टागोनिस्ट (खलनायक) सँग लड्छ । एन्टागोनिस्ट पात्र हुन पनि सक्छ, परिस्थिती वा अवस्था वा व्यवस्था हुन पनि सक्छ । ऊसँग प्रोटागोनिस्टको द्वन्द्व हुन्छ र उसको दुखान्त वा सुखान्त अन्त्य हुन्छ । फिल्म पनि एउटा न एउटा कथामाथि बनाइन्छ । हेरे पछि मनमा प्रश्न उठ्छ— छक्का पंजा २ कस्तो कथा हो जहाँ प्रोटागोनिस्ट नै छैन ? सबै नायक (प्रोटागोनिस्ट) जस्ता छन् । तर वास्तविक नायक कोही पनि छैन । नायक को हो भनेर दर्शकले भेऊ नपाउने चलचित्र बनेको छ छक्का पंजा– २ ।

चलचित्र एउटा सिर्जनात्मक अभिव्यक्ति हो । हरेक सिर्जनात्मक अभिव्यक्तिमा बहाब (फ्लो) हुनु जरुरी हुन्छ । बहाब नभएको अभिव्यक्ति निरस गाली वा उट्पटयाङ्ग मजाक मात्र हुन सक्छ । रथरुपी फिल्मका नटहरु खुस्कीँदै, हल्लिँदै र फुँस्कँदै जान्छन् । रथ र रथमा सवार पात्र ठाउँ कुठाउँ घरी यता पल्टन्छन् घरी उता पल्टन्छन् । पात्र पल्टेको देखेर दर्शक हाँस्छन् । त्यही हाँसोलाई छक्कापंजा टिमले आफ्नो सफलता ठान्ने हो भने अब देखि दीपक—दीपाको टीमले कार्टुन र कमिक्स कम्पनी खोले हुन्छ । यति धेरै हल्ला खल्ला गरेर फिल्म बनाई रहन जरुरी छैन ।

आधुनिक फिल्म आँफैमा एउटा रिसर्च हो । फिल्मले नयाँ निचोड निकाल्छ जुन टार्जेटेड अडियन्सको लागि नयाँ र नौलो परिकार बन्छ । तर, जुन विषयवस्तुलाई फिल्मले समाएको छ, त्यसैमा आवश्यक अध्ययन पुगेको छैन । अध्ययन नगरी बनाइएको सिर्जनामा रिसर्च हुने त कुरै भएन, नयाँ निचोड दिने सवालै भएन । अब भन्नुस् कुतीको मार्ग हिँडेर काँशी कसरी पुगिन्छ ? अष्ट्रेलियाले पेपर भिजा जारी गर्दैन । भिसाको प्याकेट कन्सल्टेन्सीमा आउँदैन । तर जे यथार्थमा हुँदैन, त्यही फिल्ममा जबरजस्ती देखाइएको छ । अहिलेका युवा युवती जसलाई यो प्रष्ट थाहा छ कि अष्ट्रेलियाको भिजा भए नभएको अनलाइनबाट थाहा हुन्छ, उनीहरु फिल्ममा यस्ता दृश्य आउँदा उदेक मान्छन् । त्यति सामान्य जानकारी बटुल्ने जाँगर पनि फिल्म मेकरले नचलाएको प्रष्ट देखिन्छ । फिल्ममा कन्सल्टेन्सीको मान्छे पासपोर्टको पेज पल्टाएर भिजा हेर्छ । नायिका फिंगर क्रस गरेर भगवान् सम्झन्छीन् । जसलाई टार्गेट गरेर फिल्म बनाइयो त्यही टार्गेट ग्रुपभित्रका युवा युवतीहरु यो दृश्य हेर्दा हाँस्न त हाँस्छन् तर उदेक मानेर हाँस्छन् ।

फिल्मले शैक्षिक परामर्शदाताको खिल्ली उडाएको छ । सिताराम कट्टेल माग्ने बुढालाई परामर्शदाता बनाएर प्रस्तुत गरिएको छ । शैक्षिक परामर्शको क्षेत्रमा लाग्ने कुनै पनि व्यक्तिको व्यक्तित्व त्यस्तो हुँदैन । हसाउँनकै लागि भनेर अतिरन्जीत गरेर कुनै पनि पेशा र पेशाकर्मीलाई यसरी प्रस्तुत गर्न जरुरी हुँदैन । कुनै पनि कन्सल्ट्याण्ट विद्यार्थीको पछि लागेर गाउँमा डकुमेन्ट बनाउन र घुस खुवाउन पुग्ने गर्दैन । यथार्थमा विद्यार्थीको भीड लाग्छ कन्सल्टेन्सीमा । उसलाई एउटा विद्यार्थीको पछि लागेर हप्तौँ बिताउने फुर्सद हुँदैन । सबैभन्दा अमिल्दो कुरा एउटा कन्सल्ट्याण्ट घाटसम्म पुगेर पण्डीत खोजेको देखाइएको छ । हो, हरेक क्षेत्रमा गलत काम गर्ने हुन्छन् । तर त्यसको निचोड र निष्कर्षमा सावधानी अपनाएर सम्बन्धीत क्षेत्रको मयार्दालाई जोगाउने काम फिल्मले गर्नु पर्दछ । तर, छक्का पंजा यो जिम्मेवारीबाट पन्छिएको देखिन्छ ।

मनोरन्जन अत्यन्तै सुन्दर शब्द हो । साहित्य, कला, संगीत, फिल्म यी सबै मनोरंजन दिनका लागि बनेका हुन् । यसमा कसैको पनि दुई मत छैन । तर त्यही मनोरन्जन शब्दको अगाडि सस्तो शब्द आई दियो भने त्योजस्तो दुर्दशा अर्को के होला ? सस्तो मनोजरन्जन के हो भनेर भोलीको पुस्ताले सोेध्यो भने उत्तर दिनको लागि राम्रो उदाहरण बनेको छ छक्का पंजा २ । मनोरंजन दिने बाहनामा छक्का पंजाले जे पनि गरेको छ । मानौँ एउटा बच्चा आफ्नो साथीसँग चोर पुलिस खेल्छ, चोर पात्र बनेको साथीलाई गोली लागेर लडेको देख्दा अन्य साथीहरु मज्जाले हाँस्छन् । नक्कली बन्दुकमा त मज्जाले हाँस्दा रैछन् भनेर साँच्चैको बन्दूक पड्काईयो भने अब के होला ? त्यो अभिनय नभएर अपराध हुन्छ । छक्क पंजाले अपराध गरेको छ ।

हरेक चलचित्रको सुरुवातमै सबैले बुझ्ने भाषामा लेखिएको हुन्छ फिल्मका कथा र पात्रहरु काल्पनिक हुन्, कसैको वास्तविक जीवनमा मेल खान गएमा संयोगामात्र हुनेछ । जुन फिल्ममा वास्तविकता नै छैन, कसैको पनि जीवनमा मेल खाँदैन, त्यो त फिल्म नै भएन । काल्पनिक र कपोलकल्पीत एउटै होइनन् । काल्पनिक कुरा माथिको मिहिनेत वैज्ञानिकहरुले गरेको सुहाउँछ, फिल्मकर्मीले होइन । कपोलकल्पीत कुरा बच्चाहरुले नै गरे भने पनि सुँहाउँदैन, सर्जक र कलाकारलाई त सुहाउने कुरै भएन । ताइँ न तुइँ हातमा लाग्यो दुईको अनौठो कथा बुनेर जे मन लाग्छ त्यही देखाइएको छ । वास्तविकताभन्दा पर पुगेर कुन पनि विषयलाई अतिरन्जीत गर्ने काम फिल्ममा यसरी नै गर्दै जाने हो भने नेपाली फिल्म काम चोर, अल्छी र फन्टुसहरुको धन्दा बन्नेछ ।

कास्टीङ्ग डाइरेक्टसन फेल छ । फिल्म हेर्दा लाग्छ कास्टीङ्ग डाइरेक्टरलाई कन्सल्टेन्सी पेशा र त्यो पेशा गर्ने मान्छेबारे केही पनि ज्ञान छैन । शैक्षिक परामर्शदाताको भूमिकामा माग्ने बुढालाई राखिएको छ । उनको व्यक्तित्व, बोली, हाऊभाऊ कुनै पनि आधारमा एउटा इडुकेसन कन्सल्ट्याण्टजस्तो देखिँदैन । मानौँ कुनै पनि फिल्ममा पर्वतारोहण गर्ने शेर्पाको भूमिकामा सुलेमान शंकर ईकुजस्तो लिखुरे ज्यान भएको पात्रलाई राखियो भने के होला ? शैक्षिक परामर्शको क्षेत्रलाई नजिकबाट नियाल्ने र विदेश जानको निम्ती काउन्सिलिङ्ग लिईरहेका दर्शकलाई उनको पात्रता, शैली र हाऊभाऊ, हलमा नमिलेको गोरुजस्तो देखिन्छ । २२ वर्षे पण्डीतले संस्कृत लयमा बोलेको देखाइएको छ जबकि उनकै महापण्डीत पीताजी ठेट नेपाली लवजमा बोल्छन् । बरु उल्टो गरेका भए सुहाउँथ्यो । २२ वर्ष होइन, ४२ वर्षका देखिन्छन् जितु नेपाल । अन्य फिल्ममा आमाको भूूमिका समेत सफलता पूर्वक निभाएकी प्रियंकालाई एउटा वकिलको भूमिकामा उतार्न सकेको छैनन् निर्देशकले । बोली, हाऊभाऊ, मेक अप र डाइरेक्सनको राम्रो तयारीले ५० कटेको आमिर खान कलेज विद्यार्थी बनेको खल्लो देखिँदैन । तर, जितु नेपाल वास्तविक उमेरभन्दा ज्यादा देखिन्छन् जबकि फिल्ममा उनको उमेर २२ वर्ष भनिएको छ । कति हाँस्नु ?  

चलचित्रमा नाम चलेका अनुहारहरु देखिन्छन् । तर, तिनीहरुको संवाद, शब्द चयन र शैली हेर्दा लाग्छ सम्बन्धित क्षेत्रका जानकारहरुसँग कन्सल्ट गर्न फिल्म चुकेको छ । अदालतमा न्यायधीशले गरेको निर्णयको शब्द कानूनी छैन । अदालती बयान र बहस केटाकेटी पाराको छ । न्यायाधीश बोल्दा न्यायधीशजस्तो सुनिदैन । वकिल बोल्दा वकिल जस्तो सुनिँदैन । कानूनी बहस चिया पसलको विवादजस्तो र न्यायाधीशले गरेको निर्णय आठ पढेको युवाले गाउँका मामालाई पठाएको पत्रजस्तो देखिन्छ । यसको अर्थ हो फिल्म जसरी बनाए पनि हुन्छ भन्ने सोचाई राख्दै सेन्स र सेन्टीमेन्ट भएका दर्शक पनि हलमा पुग्छन् र हेर्छन् भन्ने तथ्यलाई छक्का पंजा २ मा नजर अन्दाज गरिएको छ । दाम बढी दिएर चर्चित अनुहार हायर गरिएको थोरै पैसा कटाएर सम्बन्धित क्षेत्रका जानकारहरुको समय हायर गरेको भए उत्तम हुन्थ्यो । फिल्मले न इडुकेसन कन्सल्टेन्सी पेशाबारे बुझ्न थोरै समय खर्च गर्यो न त कानूनी बहस र बयानबारे नै सामान्य सोधपुछ गर्यो । टिभी सिरीयलमा चलेको सबै कुरा फिल्ममा चल्दैन ।  फिल्म टेलिसिरयलभन्दा माथी हुनु पर्छ, कमेडी शोभन्दा फरक हुनु पर्छ । कागजी विवाह कागजको लागि मात्र हो भनेर वकिल बनेकी नायिकाले गरेको बहस फिक्का छ । अदालतमा गरेको विवाह अदालतको लागि मात्रै होइन, चर्च वा मन्दीरमा गरेको विवाह चर्च वा मन्दीरको लागि मात्रै होइन । समाज साँची राखेर गरेको विवाह समाजको लागि मात्र होइन । विवाह विवाह नै हो । अझ विवाह भएको गाविसको प्रमाण पत्र अदालतमा पेश भईसके पछि फिल्ममा देखाएजस्तो अदालतले तारेख थप्दै जाँदैन एकै बहसमा निर्णय गर्छ । सरकारी कागजलाई आधार नमान्ने अदालत हुँदैन । अझ दर्शकको कन्परो त्यो बेला तात्छ जब मुद्धामा नयाँ मोड आयो भनेर न्यायधीशले टाउको समाउँदै केसको जिम्मा नै पुलिस र प्रशासनलाई लगाउँछ । आँफू हिरो बन्नको लागि कथा जतापनि मोड्न र प्रसँग जता पनि माड्न कसरी मिल्छ? हाँस्ने र हँसाउने बहानामा छक्का पंजाले अदालतको समेत मानहानी गरेको छ । यो सब बिना तयारी, बिना अध्ययन, बिना सुझबुझ नेपाली फिल्म बनाउने पुरानो प्रवृत्ति हो । नेपाली फिल्म हेर्ने दर्शकको संख्या बढेको छ । यसको अर्थ हो उनीहरुको सुझबुझ र मनोविज्ञान पनि पहिलेभन्दा धेरै परिपक्क छ । हतारको प्रतिस्पर्धा गरेर हतारमा सिक्वयल निकाल्न खोज्दा छक्का पंजा २ पिँडालुको पेडा बनेको छ । यो दुर्दशा हो । फिल्म हजमोला होइन, दर्शकले जे आउँछ त्यो पचाउँदैन ।

अहिले यो फिल्मले दर्शक नपाएको स्थिती छैन । यो दीपक दीपाको ब्राण्डले हलसम्म तानेको मास हो । यसमा कुनै शंका नमान्दा हुन्छ ।  

सबै कुरा सकिए पनि बच्ने भनेको ब्राण्ड नै हो । बचेको त्यही ब्राण्ड यो पटक दीपक र दीपाले बिक्रीमा राखे । अब यिनीहरुसँग ब्राण्ड पनि रहेन । दर्शक निराश छन् ।

'सेतोपाटीमा'मा प्रकाशित

"> Mahesh Bhandari | A Sociolist
Blog Image

छक्का पंजा २ : बिग्रेको ब्राण्ड

LOADING
swoosh_up