त्यतिबेला मुलुकमा असोज तन्त्र सुरु भैसक्या’थ्यो । अहिलेजस्तै त्यतिखेर छापाहरूमा प्रथम पृष्ठमै मिठा—मिठा जोक पढ्न पाइन्थ्यो । त्यतिबेला लोकेन्द्रजी रस मानि—मानि रमाइला कथा हाल्थे । नहालुन् पनि कसरि, स्वयम् नाम चलेका कथाकार जो हुन् उनी । तर उनको स्वर अलिकति धिमा थियो । आम श्रोतागणले ध्यान दिएर सुनिदिनु पर्ने, गुनिदिनुपर्ने र बुझीदिनुपर्ने बाध्यता थियो त्यसबखत । यहि मर्कालाई मनन गरेर सायद उनलाई फेर्नु—फेर्नु पहेँलो पिसाब फुर्सदमै फेरुन्, आरामले फेरुन्, आफै ओछ्यानमा फेरुन् भन्ने ध्येयले पर्दा पछाडि नै विश्राम लिने व्यवस्था मिलाइयो । सिंहदरबारबाट अवकाश लिइ्एका उनी सायद यतिखेर शयनकक्षमै अंक कुरेर बस्दैछन् । हो त नि, एघार पछिको अंक बाह्र  नै त हो । कसो नआउला ?  मान्नुपर्छ उनिसँग पालो कुर्ने क्षमता र सक्यता बढैया छ ।

सौभाग्य नै भनौँ यतिखेर बडो उच्च स्वरमा कथा सुनाउने नयाँ पात्र पाएको छ मुलकलाई नै बहिरो बनाउने गरी । यस्तो लाग्छ खुलेको उच्च स्वर उनले पटक—पटक पाउने गरेको निगाहाको एकमात्र कडी हो  । पुरानै कथा वाचनको श्रृंखलामा नयाँ प्रगति देखिएको छ । उनले आफ्नो कथामा बडो मिहिनेत गरेर सुरुमै चुट्कालाई समेत समेटेका छन् । चट्काहरू रमाइला हुने गर्छन् । उनका भावी योजना र स्वघोषणाहरू पण्डित नारायण पोख्रेलका चुट्कालाई पनि माथ गर्ने खालका चोटिला, छोटिला र पोटिला छन् । उनीसँगै नारिएर मादल, मुजुरा र खैँजडी बोक्नेहरूको धुपैरे जत्था सायद अब दुई–चार दिनमै तय हुनेछ । र, केही महिना मुलुकको राजनीतिक आँगनमा उदाएको यो कालो सूर्यले पनि ताल मिलाई–मिलाई रत्यौलीमा नाच्नेछ । सबैलाई ज्ञात नै छ, रत्यौलीमा नाँच्ने लुठोसँग स्वरूप पनि आफ्नो हुँदैन । बिचरो ऊ बाध्य हुन्छ, उसले स्वरूप पनि अर्कैको धारण गर्नुपर्छ । निजत्व र स्वत्वको कुरा त परै जाओस् ।

सूर्यबहादुरजीको यही लुठो स्वरूप र लठैत महिमालाई मुलुकबासीले भन्दा दक्षिणतिरका दाताहरूले बढी चिनेका र बुझेका रहेछन् । यसपाली उनले हालेको कथाको चुट्के पष्ठभूमि सुनेर नै यो कुरा दुनियाँलाई थाहा लाग्यो । त्यसमाथि दक्षिणतिरबाट यता बहने हरेक वायुको आयु, ईशारा र आद्रता जोख्ने, नाप्ने र तौलने घोडचडीमा सूर्यबहादुरजीले लोकेन्द्रजीलाई पनि पछार्नु हुँदोरहेछ । यस्ता तल–माथिका कुराहरू एउटा लडेपछि र अर्को चडेपछि थाहा लाग्दो रहेछ ।
 
अलिकति पुरानो सन्दर्भ छुन मन लाग्यो । सन्दर्भ बडो रोचक छ । सायद गएको पुष तिरकै जाडोमा हुनुपर्छ, एक राष्ट्रिय दैनिकले प्रमुखताका साथ २४ बर्षीय जोर्डन सुन्दरी क्याटि प्रिसको लगभग नाङ्गो तस्वीर छाप्दै आफ्नो क्याप्सन लेख्यो— “उनी हरेक रात अम्मानका नाइट क्लबहरूमा नयाँ—नयाँ पुरुषहरूको अँगालोमा भेटिन्छिन् तर, उनले आफ्नो जीवनकै पहिलो अन्तरवार्तामा भनिन्— म धेरै पुरुषहरुसितै सुत्छु तर म कुमारी नै छु ।” जति हेरौं–हेरौँ लाग्दो थियो सुन्दरी प्रिसको तस्बिर, त्यत्ति नै पढौँ पढौँ लाग्दो थियो उनको स्वघोषणा । जोर्डन यौवना प्रिस सुन्दर मात्र हैन, त्यत्तिकै मात्रामा कामुक पनि देखिन्छन्, यो देख्ने जोकोहीलाई थाहा छ । नाइट क्लबहरूमा परपुरूषसँग रात–बिरात सुतिदिने कुनै पनि यौवना कुमारी रहन सक्दिन, यो भोग्ने जोकोहीलाई थाहा छ । बेला–बेलामा तरुनीहरू ढुक्क बोलिदिन्छन्– म धेरै पुरुषहरूसित सुत्छु तर म कुमारी नै छु । र, यसरी नै चर्चाको खेती गरिदिन्छन् । तरुनीका यस्ता कुरा विश्वास गर्ने नगर्ने पाठककै जिम्मामा छ ।

  हाम्रा सूर्यबहादुरजीले अब माओवादी सम्स्या समाधान गरी दिगो शान्ति स्थापना गर्ने रे । स्थानीय तथा प्रतिनिधिसभाको निर्वाचन पनि सम्पन्न गर्ने रे । त्यत्तिमात्रै कहाँ हो र, भ्रष्टाचार समेत नियन्त्रण गर्ने रे । हाँसो उठ्दो कुरो त के पो छ भने यो सरकार पनि कार्यकारिणी अधिकार प्राप्त स्वतन्त्र सरकार हो रे । यहाँनेर भने उनले सिरियस जोक पो गरे । सूर्यबहादुरजीले हाल गरेका यी सिरियस स्वघोषणलाई जोर्डन सुन्दरी क्याटी प्रिसले माथि गरेको सेक्सी स्वघोषणाभन्दा माथिल्लो दर्जा दिनै मिल्दैन । उहिले लोकेन्द्रजीद्वारा सुनाइने सबै लोककथाको सार एउटै हुन्थ्यो– स्वच्छ छवी । छवी र छन्द विग्रेको पञ्चायती कालरात्रीदेखिन्का बाह्रौँ कवि खेलाडी लोकेन्द्रजी साँच्चिकै स्वच्छ थिए र हुन् भने सुन्दरी क्याटी प्रिस पनि कुमारी नै हुन्, विश्वास गरे हुन्छ । अझ अहिलेको थापा सरकार कार्यकारिणी अधिकार प्राप्त स्वतन्त्र सरकार कार्यकारिणी अधिकार प्राप्त स्वतन्त्र सरकार हो भने सुन्दरी क्याटी प्रिसले पिसाब पनि फेर्दिनन् भन्ने कुरा शत्प्रतिशत साँचो र सत्य हो, यो पनि विश्वास गरे हुन्छ । विश्वासका कुरा यसरी नै बुझ्दा सजिलो र सरल होला ।

सूर्यबहादुरजीको कुन कुरा गर्ने ? के कुरा गर्ने ? बडो समस्या पर्ने गर्छ । उनको कुन पाटोलाई छोड्ने– लेख्दा धर्मसंकट आइलाग्छ । जे होस्, अहिले छापामा उनका चमक–धमक तस्बिरहरू उतारिँदैछन् । बुझ्नेले हे¥यो भने ती तस्बिरमा सूर्यबहादुरजी नाङ्गो देखिन्छन्, बिल्कुलै सुन्दरी क्याटी प्रिसझैं निर्लज्ज । मानौँ, बस्त्र नै छैन साथमा । नाङ्गाको देशमा भर्खरै नियुक्ति पाएका प्रधानमन्त्री ! शताब्दीऔंदेखिन् जनता नाङ्गाको नाङ्गै रहे, आर्थिक गरिबीको कारण । मुलुकका नाङ्गा जनता हाँक्ने अनुकम्पा पटक–पटक प्राप्त गरेका सूर्यबहादुरहरू पनि नाङ्गाका नाङ्गै भए नैतिक गरिबीको कारण । नाक सबैसँग हुन्छ तर नाक छ भन्दैमा ईज्जत सबैसँग हुँदैन । बस्त्र सबै लगाउँछन् तर सम्पूर्ण नग्नतालाई बस्त्रले बेर्न र पुर्न सक्दैन । नैतिक रुपमा पत्तासाफ मुलुकका बहादुरहरूले मुलुकको कानुनी वा राजनीतिक अन्य विवाद कसरी सुल्झाउने हुन्, हेर्न बाँकी नै छ ।

(२०६० जेठ २७ गते मंलबार, ‘आदर्शसमाज दैनिक’ मा प्रकाशित)

"> Mahesh Bhandari | A Sociolist
Blog Image

सूर्यबहादुरजी, कति दिन नाच्ने हो रत्यौली ?

LOADING
swoosh_up