परीक्षामा बारम्बार
अनुतिर्ण भएर
शताब्दीयौंदेखि
एउटै कक्षामा बसेको बस्यैं छ
मेरो असफल देश !

कवि कालीप्रसाद रिजालका यी शब्दहरुलाई आजको मेरो मझेरीमा सिरानी सूत्र बनाएँ । डर लाग्दैछ- साभार र उद्धरणबीच विद्यमान भेदको सानो भेउ नपाउने प्रियम्वदहरु कतै फेरि झुक्किने पो हुन् कि ! खैर, थाहा नपाउनुमा नै स्वर्णीम आनन्द छ ।
हो, इतिहासका थुप्रै परीक्षाहरूमा मुलुक अनुत्तिर्ण भएको छ । व्यवस्थाहरू फेरिए, राजाहरू फेरिए, राजासँगै मुलुकमा राज गर्नेहरू पनि फेरिए तर मुलुकका तमाम समस्याहरू ज्यूका त्यूँ छन्, जस्ताका तस्तै छन् । असफल देशको लगाम समाउन पटक–पटक कुर्सीमा पुर्याइएका गिरिजाप्रसादहरू, शेरबहादुरहरू र सूर्यबहादुरहरूले मुलुकलाई कुनै दिशा, गोरेटो र गन्तव्य दिन सकेनन्, सकिरहेका छैनन् । पुरानै पात्र बोकेर इतिहास हाँस्दै–हसाँउदै पुनः दोहोरिएको छ । पञ्चायत कालमा ‘बी.पी. लाई फाँसी दे’ भन्ने सूर्यबहादुर फेरि सत्तामा आएका छन् । ठूलो डर छ– यसपाली उनले कसलाई ‘फाँसी दे’ भन्ने हुन् । मुलुक नै फाँसीको फन्दामा लट्किएको यसप्रहर असी टेक्न लागेका सूर्यबहादुरको गर्जन र गर्धन भने मुलुकलाई भारी नै हुनेछ । कसैलाई ‘फाँसी दे’ भने जस्तो सजिलो छैन मुलुकलाई फाँसीको फन्दाबाट बचाउने कर्म । तर यो कर्ममा सूर्यबहादुरले धर्म नछाडुन्, मुलुकबासीको आग्रह यत्ति नै छ उनीसँग । 

मान्नुपर्छ, सूर्यबहादुरको तकदिर भने बलियो नै रहेछ । ‘रोहितलाई फाँसी दे’ भन्ने मरिचमानहरू अहिले कहाँ, के गर्दै छन् कसैलाई पत्तो छैन । सायद यसबखत राष्ट्र बाँच्नु र नबाँच्नुको कुनै अर्थबोध छैन मरिचमाहरूसँग । ‘दोषीलाई फाँसी दे’ भन्ने श्री ५ वीरेन्द्रका मलामीहरू अझै पनि आवाजहीन बाँचिरहेका छन् । आवाज, पर्खाल र सडकको अस्तित्वसँग हिजोआज उनीहरुको पेट बोल्दैन, आत्मा मिल्दैन । माकुनेहरू जतिसुकै ‘जनआन्दोलन’ भनुन्, सडकमा जनता कम तर कार्यकर्ता ज्यादा बोकेको उनीहरुको लस्करले बताएको छ- यो बिल्कुलै ‘कार्यकर्ता आन्दोलन’ हो, ‘जनआन्दोन’ हैन । यता सूर्यबहादुर जतिसुकै ‘सर्वसम्मत मन्त्रीमण्डल’ पुकारुन्, यो बिल्कुलै उनको आफ्नो ‘मित्र मण्डल’ हो, ‘मन्त्री मण्डल’ हैन । यतिखेर जनतासँग न सरकार छ, न सडक छ । दुःखलाग्दो कुरो यही छ । दुनियाँलाई जाहेर नै छ, यो थापा सरकारले राजाबाट भन्दा केभी राजनहरुबाट इच्छाजन्म पाएको हो । महाभारतकालीन भीष्मले इच्छामृत्युको आशिर्वाद पाएझैँ मेरो मुलुकलाई वर्षौदेखी दक्षीणतिरबाट ‘इच्छाजन्म’ र ‘इच्छामृत्यु’को अद्भुत आशिर्वाद मिल्ने गरेको छ । यसर्थमा यो सरकार भीष्मभन्दा पनि शक्तिशाली छ, कारण कतै पुरानो लिखतमै नभेटिएको, कुनै पुराणमा समेत नखुलाईको इच्छाजन्म जस्तो अद्वितीय आशिर्वाद जो मिलेको छ ! यसलाई  यतिखेर सूर्यबहादुरका प्रतिवद्धताहरू भीष्मप्रतिज्ञालाई पनि जितुलाझैँ गरी सर्वत्र ध्वनित भइरहेछन् । 

‘समय त्रासदी’ मा लोग्ने र स्वास्नी बीचको एउटा रोचक वार्ता समेटिएको छ । लोग्ने बडो दार्शनिक भावमा थारै आक्रामक बन्दै स्वास्नीलाई सुनाउँछ –‘आईमाइहरु सबै बेश्या हुन्छन् ।’ स्वास्नीले तत्काल अफ्ठेरो प्रश्न तेसार्छे- ‘आमा पनि ?’ त्यसपछि लोग्ने सजिलै बच्ने प्रयास गर्छ र घोप्टो पर्दै भन्छ- ‘त्यो बाबुहरुको समस्या हो, मेरो होइन ।’

कुरो तार्किक सुनिन्छ- त्यो बाबुहरुको समस्या हो, मेरो होइन । आमा वेश्या बनोस् वा नबनोस्, स्वास्नी पाईसकेको लोग्ने छोरालाई केको पीर !

सतीले सरापेको मुलुकलाई बाह्र वर्षसम्म बेश्या बनाउने यहीँका सारी र चुराको राजनीति गर्ने नपुंसक लोग्नेहरू हुन् । धरतीले जन्माएको रहेछ नाम मात्रका थुप्रै प्रसाद र बहादुर छोराहरू । 

जर्मनीको हिटलरले पटक-पटक घोपणा नै गरेको थियो- मैले जर्मनीसँग बिहे गरेको छु । हिटलर लाजै नमानि त्यही कुरो दोहोर्याइदिन्थ्यो, पत्रकार र प्रसंशकहरु उसँग बिहेको कुरो उठाउनै डराउँथे । उत फादरत्याण्डको हिटलर त्यस्तै–त्यस्तै थियो । यता हाम्रो मदरल्याण्डका प्रसाद र बहादुरहरुले अनौठो र अनमेल विहे गरे तरुनी प्रजातन्त्रसँग । कुमारी प्रजान्त्रको रस  ल्ट्नसम्म लुटेपछि, अनुकम्पाबाट प्रदत्त स्वतन्त्रता र स्वच्छन्दताको गुदी चुस्नसम्म चुसेपछि, आयातित संसदीय राजनीतिको लेदो घिउ घिच्नसम्म घिचेपछि अहिले उनीहरु भन्दैछन्- ‘जनता जनार्दन, यो हाम्रो समस्या कहाँ हो र ! यो त अब स्वयम् महाराजको समस्या हो ।’

यो कुरो चित्तबुझ्दो नलागे पनि सुन्नलायक भने छ है । हो त, बिचराहरूसँग त्यत्रो अधिकार कहाँ पो छ र, अझ भनौँ कहिले पो थियो र ! उनीहरूको हैसियत त बस् ढोका ढुकेर बिन्ती मात्रै गर्ने हो, पत्र मात्रै चढाउने हो र त्यसैको आधारमा बाहिर बसेर बुकुर्सी मार्दै दाबी मात्रै गर्ने हो । अहिलेसम्म सब खेल कोठाभित्रबाट खेलिएको छ । यिनिहरु सधैं सबै बाहिरको बाहिरै । हो प्रभु ,उनिहरुलाई यसको भेदै छैन । बल्खुदरबारका माकुनेहरूलाई ज्ञान छ या छैन- नेपालको पहिलो राजधानी दिल्ली हो ! दिल्लीबाट भित्रिएको दूतले कोठाभित्र सब खेल खेलाउँछ ।

मित्र कवि पुष्प आचार्यको ‘द्रौपदी’ शीर्षकको कविताका यी अंश अहिले अर्थपूर्ण सुनिन्छन्:

फेरि नङ्ग्याईएकी छे द्रौपदी
यहाँ प्रत्येक अनुहार दुसाशन छन्  

जाँघ पिट्ने दुर्येधनहरू
खेल रिंगाउने शकुनि मामाहरू
दाउमा द्रौपदी थाप्ने
थुक्क ! थुक्क ! हिजडाहरू
ग¥यौ महाबिनासको आयोजना खेल्यौ
सपथ जगल्ट्याएको कपालको
एक एक रौँ काल बनेर डस्ने छन् ।

आस्थाको हिमालय भिष्मजस्तो नेपाली हुनुको
निशब्द, निर्जिव ,मृतप्रायः
किन अन्धो बन्छ आँफै आँखा चिम्लेर ?

जनार्दन ! जनार्दन
आह ! आर्तपुकार
जनता जान्दैन, सुन्दैन, बुझ्दैन कि आउँदैन ?
अथवा र्मदाङ्गी नभएको
स्वघोषित मर्दहरुको पछाडि बसी
अझै ताली ठोक्छ ?
कि सिद्धियो चमत्कार गर्ने एक धरो सारी नै ?

सपथ नङ्ग्याईएको देहको
यहाँ महाकालको ताण्डव हुन्छन्

फेरि नङ्ग्याईएकी छे द्रौपदी
यहाँ प्रत्येक अनुहार दुशासन छन् ।

(२०६० असार ३ गते मंगलबार , ‘आदर्श समाज’मा दैनिक प्रकाशित)

"> Mahesh Bhandari | A Sociolist
Blog Image

LOADING
swoosh_up