‘समर लभ’ किताबमा पढियो। ‘समर लभ’ रेडियोमा बाचन पनि गरियो । अन्ततः ‘समर लभ’ काँचको पर्दामा पनि हेरियो । यो जुनीमा मैले यी तीनवटै कर्ममार्फत् महशुस गरेको प्रिय कृति हो– ‘समर लभ'। त्यसैले मेरो लागि 'समर लभ' सविशेष कथा हो ।

यहाँहरुले प्रश्न स्वभावतः सोध्न सक्नु हुन्छ । मज्जा केमा आयो- पढ्दा, वाचन गर्दा वा हेर्दा? मज्जा केमा आएन ? कि सबैमा आयो ? कि कुनैमा पनि आएन ?

प्रत्येक कमा, अर्धविराम र पूर्णविराम मलाई याद छ पुस्तक 'समर लभ' को । याद नै हुन्- तकलिफ दिने। यादकै वाणमा खेपिएर मृत्यु कुर्ने भीष्म हो मान्छे ।
यो समीक्षा तकलिफहरूको सन्दुस बनी जाओस् ! म चाहन्न ।

यस धरतीमा यस्ता कैयन् अप्ठेरा पाठक, श्रोता र दर्शक हुन्छन् जसलाई केहीमा पनि मज्जा नआउन सक्छ । यस्ता कैयन् सजिला पाठक, श्रोता र दर्शक पनि हुन्छन् जसलाई सबैमा उस्तै मज्जा आई दिन्छ। कोही कोही त यस्ता पनि हुन्छन् जसलाई आफ्नो साथीको मुखबाट फिल्मको कथा सुन्दा आनन्द लाग्छ तर त्यही फिल्मलाई हलमै पुगेर हेर्न बस्दा भने हरामी निद्रा लाग्छ । 

अक्षर र आवाजले बाँधिने व्यक्तिलाई दृश्यले पनि बाँध्छ भन्ने ग्यारेन्टी हुँदैन । दृश्यले बाँधिने व्यक्तिलाई अक्षर र आवाजले पनि बाँध्छ भन्ने ग्यारेन्टी हुँदैन । हप्तामा एउटा फिल्म स–परिवार हलमा गएर हेर्ने बानी नपरेका नेपाली समाजमा फिल्मको उद्योग चलाउनु आँफैमा एउटा पुरुषार्थ हो । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले एउटा उद्यम गरेँ, कोही बात छैन !

हामीसँग फिल्म हेर्न संस्कृतीकै विकास भएको छैन । हामी उल्टै काँचको पर्दामा बलिवुडलाई समेत टक्कर दिने खालको कथा, प्रविधी र कलाकार खोज्छौँ । यो हामी नेपालीले पालेको हरामी चाहना हो। पर्दामा दामी चिज खोज्ने हामी हरामी दर्शक हौँ। यस्तो दर्शक गण विश्वको अर्को कुनामा विरलै भेटिएला !

तर, हामीसँग फिल्म हेर्ने संस्कृति, आवश्यक प्रविधी र कुशल कलाकार भएनन् भन्दैमा आलटाल गरी 'यति गरेपछि नेपालमा चली हाल्छ' भनेर यदि निर्देशकले हृलचक्रयाइँ गर्छ भने त्यो मान्य छैन । र, त्यो दरिद्र मानसिकता जब दर्शकले पर्दामा पात्र, दृश्य र संवादमार्फत् महशुस गर्छन् तब एउटा महँगो सजायको कठघरामा 'निर्देशक एण्ड कम्पनि' उभिनै पर्छ । आरोप सुन्नै पर्छ । फैसला स्वीकार्नै पर्छ ।

मैले प्यार गरेर पढेको उपन्यास 'समर लभ' को मुख्य पात्र अतीत शर्मा हो । ऊ अतित गुरुङ होईन । ऊ अतीत लामा पनि होइन। ऊ अतीत मगर पनि होइन । अरूजस्तै म पनि हलसम्म अतित शर्मालाई हेर्न गएको हो । यो हाम्रो भूल होइन ।

सामान्य ब्रह्मण परिवारको अतीत शर्मालाई मँगोलियन चेहराको अतीत बनाएर प्रस्तुत गर्ने अधिकार निर्देशक मुस्कान ढकाललाई कसले दियो ? त्यस्तो रोलमा अतीत बनेर खेल्ने रहर आशिष पियाले किन गरे ? नव कलाकार आशिषले 'समर लभ' एक्कै पटक भए पनि किन पढेनन् ? यदि पढेको हो भने पनि अाफ्नो सुन्दर चकलेटी मंगोलियन अनुहार ऐनामा एक पटक किन हेरेनन् ?

कास्टिङ डाइरेक्टरले अतीत शर्माको हत्या गरेको छ । 'समर लभ'का दर्शकले फिल्ममा अतीत शर्मालाई भेट्दैनन् । पहिलो गासमा ढुंगा लाग्छ। थप चटनी, पापड र सेबाईले ढुंगा बिर्साउन सक्दैन ।

डाइरेक्टर सरले कथा पढ्नु पर्दैन ? पढेकै भए पनि नबुझेको कुरा सोध्नु पर्दैन ? बोलाए पनि सुनिने कपनको हाइटमा बस्ने लेखक सुबिन भट्टराईलाई उसको पात्रसँग भेट गराउनु पर्दैन ? यदि यसमा सुबिनकै सहमती हो भने पनि फिल्म त सुबिनको होइन, मुस्कानको हो । जिम्मेवार बन्नु पर्दैन ? जे पनि गरिदिने ? हैट !

सगरमाथा चढ्ने शेर्पाहरूको कथामा सुरबीर पण्डित र राजाराम पौडेलहरूलाई भारी बोकाएर उकालो चढायो भने फिल्म कस्तो बन्ला ? दिलीप रायमाझीको ठाउँमा दयाहाङ राईलाई राखेर 'आदिकवि भानुभक्त' को रिमेक बनाइयो भने कस्तो बन्ला ? कसैले पृथ्वी नारायण शाहको फिल्म बनाउँदा बिसे नगर्चीको भूमिकामा नीर शाह वा राजेश हमालको साइज, स्वरुप र हाइटको व्यक्तिलाई उभ्याइ दियो भने फिल्म कस्तो भई जाला ?

फिल्ममा जे देखाए पनि हुँदैन । हामी 'महँगो प्रविधी' छैन भनेर रुन्छौँ । तर प्रविधी होइन, हाम्रो प्रवृत्ती हेरौँ त ! प्रवृत्तीमा हामी झन् कंगाल छौँ ।

'समर लभ'को अतीत शर्मा एउटा सामान्य परिवारको व्यक्ति हो । फिल्ममा अतित शर्माले दर्जनौँ कोट फेरेको देखाईएको छ । यस्तो लाग्छ ऊ शहरको फेसनेवल केटा हो । उसँग नपुग्ने केही छैन ।

फिल्मभित्र फिल्म हेर्न गएको एउटा दृश्य छ । साथीहरूसहित अतित शर्मा फिल्म हलमा एउटा ड्रेस लगाएर ठाँटिएर जान्छ, हलबाट बाहिर निस्कँदा ऊ अर्को ड्रेसमा ठाँटिएको फर्केको देखाइएको छ ।

अर्को दृश्यमा बिहेको लागि मन्दीरमा जाँदा उनले लगाएको कोट मन्दीरबाट फर्केर कोठामा पुग्दा बदलिन्छ ।

ग्लामरको नाउँमा पात्रको पात्रता नबुझी ठाउँ न कुठाउँ कपडामात्रै बदल्ने आइडिया कसले निकाल्यो ? हेरिन्जेल उदेक लाग्छ ।

एउटा सामान्य परिवारको अतीत शर्मालाई फेसनवेल र ड्रेस कन्सस अतीत बनाउनु जरुरी थिएन । ड्रेस बदल्ने टाइम लाइन नभएको बखतमा समेत त्यसो गरिनु भनेको हेलचक्रयाँई नै हो ।

'समर लभ' कि साया शाक्य जस्ती छिन् लगभग त्यस्तै भूमिकामा उतार्न सफल छन् निर्देशक मुस्कान ढकाल । तर उनी अतीत शर्माको कास्टिङ सेलेक्सनमा बेस्सरी चुकेका छन् ।

समर लभ मुलत अतीत शर्माकै कथा हाे । लेखकले उपन्यास लेख्दा अतीत शर्माकै प्वाइन्ट अफ भ्यूबाट लेखेका छन् । सामान्य चरित्रलाई फिल्मका निर्देशकले बेवास्ता गरेर जस्ताे गरि देखाईदिए पनि पचाउन सकिन्थ्याे हाेला । तर अतीत शर्माकाे चरित्रमा आशिष पियालाई फिल्ममा हेरेर निस्केपछि जतिसुकै कडा हाजमाेला खाएपनि पचाउन सकिन्न, अहँ ।

कथाको माग अनुसार अतितलाई जुंगा र दाह्री समेत भाडामा खरिद्नु परेको पीडा यसरी पोखिएको छि आम दर्शकले कुर्सीमा बसेर नै 'फिल' गर्छन् । नेपाली फिल्ममा कथाअनुसारको पात्र चयनमा यतिसाह्रो दु:ख छ भन्ने तथ्य यही फिल्मले देखाएको छ । आर्यन चेहरा खोजेर पाईएनछ नेपाली संसारमा । हरि ॐ !

यति धेरै कच्चपना र हेलचक्रयाइँका बाबजुद पनि फिल्मको कथाले दर्शकलाई बाँधेर राखेको तथ्यलाई नकार्न मिल्दैन। कथा नै फिल्मको नायक हो । कथाले नै खिच्छ दर्शकको ध्यान । उपन्यास नपढेका दर्शकलाई अझ बढि खिचेर राख्छ ।

मानकृष्ण श्रेष्ठ र संजय लामाको सिनेम्याटोग्राफी सुन्दर छ । पुष्पन प्रधानको संगीतमा कुनै खोट छैन । रोमान्टिक र स्याड सबै गीत मखमली छन् ।

साया शाक्यको रोलमा नवनायिका रेवती क्षेत्री जति जमेकी छन्, त्यत्तिकै जमेकी छन् सुश्मिताको रोलमा रहेकी कलाकार नम्रता सापकोटा । यस्तो लाग्छ- कथाको लयलाई यी दुवैले गहिराइँमा पुगेर समातेका छन् । 'समर लभ' साया र सुस्मिताको कथा होइन, अतित शर्माको कथा हो । मुख्य पात्रलाई कमजोर, अमिल्दो र नौरंगी बनाएर देखाएपछि अरु पात्र जतिसुकै स्वभाविक र मौलिक भए पनि फिल्म फिक्का बन्छ। तथापि नव नायक आशिष पियाले सक्दो प्रयास गरेको देखिन्छ । उनीबाट भविष्यमा आशा गर्ने ठाउँ प्रशस्त छ । तर उनले कथा राम्ररी पढेनन् र मिल्दो पात्रमा आँफूलाई उभ्याएनन् भने उनको करियरमा बर्बादीको वर्षा हुनेछ ।

पुस्तकका अक्षरलाई पर्दामा उतार्नु अवश्य पनि सजिलो काम होइन । प्रकाशित आख्यानमाथि बनाइने फिल्मलाई 'सिनेम्याटिक ट्रान्सलेसन' मानिन्छ। आख्यानमा उल्लेखित घटना, संवाद र दृष्य सबै समेट्दैमा फिल्म राम्रो बन्दैन । कथा राम्रो हुँदैमा पनि फिल्म राम्रो हुन्छ भन्ने हुँदैन । यदि त्यसो हुन्थ्यो भने विश्वमा प्रसिद्धी कमाएका सबै आख्यानमाथि फिल्म बनाउने र ती सबै फिल्म हिट हुने ट्रेण्ड चल्थ्यो । कथा मुटु हो । 'मुटु' लाई मात्रै शरीर ठान्नू भूल हो ।

(जक्सन डटकममा प्रकाशित)

"> Mahesh Bhandari | A Sociolist
Blog Image

'समर लभ'ले अतित शर्माको हत्या गर्यो !

LOADING
swoosh_up