प्रिय तिमी,      

अल्बर्ट आइन्स्टाइन भन्छन्, “कल्पना ज्ञानभन्दा बढी महत्वपुर्ण हुन्छ (Imagination is more important than knowledge)!” धेरै पहिले तिमीद्धारा पे्रषित एउटा पत्रको सिरानी-सूत्र हो ।
 
के आइन्स्टाइन  सही बोल्छन् ? अर्थहीन ! बेकार ! बकवास ! तर आज मैले किन उपरोक्त भनाइलाई नै मेरो पत्रमा पनि शीर्ष स्थान दिएँ ? कतै ठिक लागेर त होईन ? द्धयमनस्थिती ! Split personality ! शंका लाग्दैछ, तिमी रेफ्री बनेछौ । एउटा पक्षपाती रेफ्री ! खेल आइन्स्टाइन र उनको विचारबिच हुँदै थियो । अनायसै सिठी बजायौ आइस्टाइनको पक्षमा । उनको विचारको सुःखद् पराजय !
 
हेर्दा हेर्दै परिर्वतका थुप्रै पर्खालहरु बन्छन्, भत्कीन्छन् र पुनः बन्छन् । सायद यो नै समय हो र समय नै यो हो । परिस्थिती जब्बर भएर उभिएपछि कसैको केही लाग्दैन । ढल्छ, पटक–पटक ढल्छ स्वभिमानको सत्तल अनि प्रतीभाको पर्खाल समयक्रमसंगै । प्रयास आँफैमा यउटा प्रयास न हो । केही लाग्दैन, केही हुँदैन । कुनै छुँदैन, कोही छोइन्न । हो त्यही बेला सुसेलिन्छ निरासाको स्वर, त्यही बेला फैलिन्छ अन्धकारको आँगन । आखिर विद्रोह एउटा साधन न हो, साध्य कुनै हालतमा होईन । तिमी आशा भने गर्न सक्छौ – हरेक विद्रोहको बिस्कुनमा क्याक्टसको बिज मात्र फिँजारिन्न ।

“ओ माई डियर ! इफ विन्टर कम्स क्यान स्प्रिङ बी फार बिहान्ड ?”
अर्थात्,
“हिउँदको स्याँठ आई नै सक्यो भने
प्रिय, बसन्तको न्यानो कति पो टाढा होला र ?”

कवि शेलीको जब्बर आशावाद हो यो, तिमीले अंग्रजी साहित्यका कहीं कतै पढेको सुन्दर काव्यपंक्ति !
 
जे होस्, म तिमीलाई पत्र लेख्दैछु । मान्छेहरु किन पत्र कोर्छन् ? यस जटिल प्रश्नको उत्तर मसँग छैन । सायद यसको उत्तर तिमीसँग पनि छैन होला । र पत्र लेख्ने वा पत्र पढ्नेलाई यस्ता प्रश्नको उत्तर थाहा हुनुपर्छ भन्ने पनि त छैन । त्यसमाथि अधिकांश प्रेमी, प्रशंसक र अन्तरङ्गहरू उत्तर थोरै दिन्छन्, प्रश्न ज्यादा गर्छन् । तर अनुत्तरित प्रश्न ! तसर्थ त भनिन्छ– All lovers are passive listners but active question makers !
   
यस्तो लाग्छ, तिमीमा एउटा छटपटी अझै बाँकी छ । एउटा तृष्णा तिमीलाई पुनः जागेको छ । तर थाहा छैन छटपटी केको हो ? र तृष्णा कस्तो ? अव्यक्त पीडा साह्रै गरुङ्गो हुन्छ । बन्द छटपटी साह्रै शक्तिशाली हुन्छ । निकास– एउटा सुरक्षित निकास ! मोड– एउटा निर्दिष्ट मोड ! गति– एउटा प्रगतिशील गति ! तिमी अहिलेलाई यही एउटा अपेक्षा गर । 

तिम्रो अस्थित्व देख्दा र सम्झँदा मलाई टिठ लागेर आउँछ । लाग्छ तिम्रो दुनियाँमा परिर्वतन असम्भव छ । तिमीलाई सुदूर भविष्यमा मिल्ने परिर्वतन मैले बच्चामा पढेको रसायनिक परिर्वतनभन्दा पृथक छैन । रसायानशास्त्रको नियम हो, क्याटालिस्ट आँफै बिलीन हुन्छ नयाँ निर्माणको प्रक्रियामा । त्यसको साटो ‘कन्भर्टर’हरू मोज गर्छन् । प्रकृतिको यो अन्यायी नियम हो ।
     
इतिहासले पुस्टि गरेको छ – संसारका थुप्रै धड्कनहरू, थुप्रै प्रेमीहरू तर्क गर्दैनन्, तर तर्कद्धारा बेहिसाब पराजित हुन्छन् । उनीहरु कुन बेलामा क्याटालिस्ट बनेर कुन बेला कन्भर्टरहरूले सिधा फाईदा उठाए, बेखवर रहन्छन् । अझ षडयन्त्र त्यहाँ अवश्वंभावी हुन्छ  जहाँ सत्ता, शक्ति, सम्पत्ति र स्त्री हुन्छन् । एकातिर प्रकृतिको नियम अन्यायी छ, अर्कोतिर तिमी उभिने धरातल षड्यन्त्रको संयन्त्रमा जेलिएको छ । तिमीजस्ता सरल चित्त व्यक्तीहरू धेरै प्रश्न गर्छौ । तर प्रश्नले जन्माउने प्रश्नमात्रै हो । रेडीयोकर्मी एवम् कवि दाहाल यज्ञनिधिको दयनीय स्थितिका बारे एक जना लेखकले आफ्नो धर्म निभाउँदै कुनै बेला लेखेका थिए– ‘यहाँ कोइलीले मीठो गाए कागले पुरस्कार हात पार्छ, गोरुले परिश्रम गरे स्याबासी र प्रशंसाको पदक गधाले भिर्छ गलामा । सहयोगका शब्दहरू यतिखेर अड्कन्छन् हाम्रा किल्किलेमा । धन्य छ हामीलाई हाम्रो किल्किले !’
   
तिमी एक्लो छौ । कारण– हठी छौ । यो समय समुहको हो, यो बेला नै बथानको हो । भेँडाहरू भित्रको एकता बथान बलियो हुनुमा छ, उस्तै हुनुमा छ, उत्रै हुनुमा छ । तिमी न चिन्न सक्छौ तिनीहरूलाई न बुझ्न सक्छौ । कवि अनिल पौडेल भन्छन्–

मान्छेको बथानमा त
सजिलै चिनिन्छन् मान्छेहरू
किनकि  
कोही लोभी छन्
कोही पापी छन्
कोही नामले चिनिन्छन्
कोही बदनामले चिनिन्छन्
तर
न हिँडाईमा भिन्नता छ
न आवाज नै फरक छ
सबै उस्तै देखिन्छन्
उत्रै देखिन्छन्
कसरि चिनिन्छन् भेडाहरू बथानमा ?

तिम्रै अगाडी भेडाहरू कोइली र कागको छिनोफानो गर्छन् । तिमीसँगै नारिएर भेँडाहरू गाई र गोरुको चाँजोपाँजो मिलाउँछन् । भेडाहरु तिमिलाई मिल्ने प्रशंसा र पुरस्कारको हिसाबकिताब निकाल्छन् । उता तिमीलाई पत्तै हुँदैन– परिर्वतनका पर्खाल बन्छन्, भत्किन्छन् र पुनः बन्छन् । स्वाभिमानका सत्तलहरु ढल्छन्, उभिन्छन् र जोडिन्छन् । तिमी मान्छे हौ । यसर्थमा फरक छौ । यस अर्थमा एक्लै छौ । खगेन्द्र संगँ्रौलाका शब्द सापटी लिएर भन्नुपर्दा मौरीहरू भुन्भुनाउने ठाउँमा जब मौरीहरू भुन्भुनाउन छाड्छन्, त्यो ठाउँ मच्छडहरूले भरिन्छ ।  अहिले सडकमा भएको पनि त्यही हो । याद गर्नू तिमी सडकमा एक्लै–एक्लै छौ ।        

यस पटक तिमीलाई भेटेपछि मैले परिजातको ‘शिरीषको फूल’ दोस्रो चोटी पढेँ । निवन्धकार शंकर लामिछाने उपन्यासको भावभूमिमा लेख्छन्, “जसरी.... साक्षात्कार... परिपूर्णता.... सन्निहित.... बुद्धत्व.... विलयन.... उसै गरी सुयोगवीरले गिलासभित्र सकमबरीका दुइटा आँखा र एउटा मुडुलो टाउको देख्नै पर्दछ । सकमबरीका औँलाहरू निकोटिनले पहेँलिएका हुनै पर्दछन् र ती सँधै उसले हेरिरहन पर्दछ र सन्तुष्ट भइरहनु नै पर्दछ । र, एउटा निस्कार संसारभित्र, एउटा महाशून्यभित्र बाँचेको अनुभव उसले गर्नै पर्दछ ।”Strong Willing Power भएकी एउटा हिक्मतदार महिला हो जोसँग सिपाही सुयोगवीर सधैँ पराजित बन्छ । मलाई सकमबरि जस्ता अनौपचारिक पात्रहरू खूब मन पर्छन् । 

जीवनका दुई रुप– हार वा जित ! जीवन एउटा खेल हो कि जितिन्छ कि हारिन्छ । एउटा वास्तविकता सधैँ साथमा हुन्छ– कि मेटिनु पर्छ  कि मेटाउनु पर्छ । आफैँ सिद्धिनु वा अरुलाई सिद्धाउनु– यो खेल जारी रहन्छ मृत्युको पलसम्म । जोड घटाउको खेल जीवनजस्तै छ । जीवन जोड घटाउको खेल जस्तै छ । किन मात्र जस्तै ? जीवन जोड घटाउको खेल नै हो । आँफै सिद्धिनु वा अरुलाई सिद्धाउनु  ! तर अरुको पलायनमा, अरुको मृत्युमा, अरुको समाप्तिमा आनन्द मान्ने sadist हरूलाई कवि जोन डन एउटा सन्देश दिन्छन् – “कसैलाई यो सोध्न नपठाउ कि त्यो मृत्यु ध्वनि कसका लागि बजिरहेछ, त्यो तिम्रै लागि बजिरहेछ !”

प्रसंग अलि पहिलेको हो । फुनलदेवीको मृत्युपश्चात् शोकपुस्तिकामा एक शोकाकुल व्यक्तिले लेखेछ –“तिमीले नै हामिलाई दबिएका व्यक्तिहरु पनि शक्तिमा पुग्न सक्छन् भनेर देखाइदिएकी थियौ । तिमी गरिब तथा निमुखाह–की नेता थियौ, तिमी हराएपछि हामी पनि हराएका छौ ।” एउटा अन्धो आस्था ! 

फुनलदेवीद्धारा मारिएको एक जमिन्दारको छोरोले भनेछ– “देशको अदालतले गर्न नसकेको फैसला भगवानको अदालतले गरिदियो । त्यस आइमाईलाई वर्षौ पहिले, उहिले नै फाँसीमा झुण्ड्याइसकिएको हुनुपर्ने थियो ।” एउटा केरा आक्रोश !
यहाँनेर दुवै सरासर गलत छन् । तिमीलाई के लाग्छ ?

तिम्रा निक्र्योलहरूमा, सायद मलाई थाहा छ, नाकहरू पोल्ने एउटा र्दुगन्धित सापेक्षताको सिनो गनाउँछ । बिचराहरू तराजुमा जोखिदैनन्, शब्दहरू ढक बन्नु हुँदैन । एउटा विचारशून्यताको अवस्थामा मदमस्त सयर गरेर तिमी मृत्युमा जन्म देख्न सक्छौ, आत्महत्यालाई आत्मरमितामा कन्भर्ट गर्न सक्छौ । विषय चेतना, सौन्दर्य चेतना र शब्द चेतनाबिनाका बकम्फुसे तर्कहरूमा तिमी आँफुलाई उकासेर आकाश बनाँउला तर धरातलमा सन्निहित ढुङ्गाको जाँतोझै फन्को मारिरहनु तिम्रो नियती हो । कारण, तिमीलाई एउटा मान्छेभन्दा ठूलो दर्जा स्वयम् प्रकृतिले पनि दिन सक्दैन । तर मान्छे रहिरहनुको आर्दशलाई तिमीले कुन रुपमा वहन गरेका छौ ? मूल प्रश्न यही हो । 

आजलाई विदा !

(२०५९ असोज २२ गते मंगलबार, 'आदर्श समाज दैनिक'मा प्रकाशित)

"> Mahesh Bhandari | A Sociolist
Blog Image

जाँतोमा घुमेका आकाशहरू !

LOADING
swoosh_up