भातमारा र हातमाराहरुसँगै
बगलीमाराहरु बदलिएर
मतिहाराहरु सल्केछन् भने
चञ्चल–चञ्चल चाप्लुसीको रंगमा तेरो नाम लिउँला,
इश्वर यसबखत बाटो छोड!

मतिहाराहरु सल्कँदा इश्वर सम्झने मित्र गनेसले एउटा चञ्चल मनुवा चपलताको भेषमा टुक्रुक्क निस्केर जिस्कनकै लागि चाप्लुसी भाखा गाउँन आउँदा उसले के सम्झ्यो, ऊ नै जानोस् । तर, उसले गत शुक्रबार लेखेको यो कविताको सापटीमा कुकुरहरुलाई टोक्ने मौका दिनुपूर्व अथवा कलो बोकेर जुठेल्नो ओर्लनुभन्दा पहिले केही ‘चेइ चेइ’ उच्चारण गर्नुलाई समेत बदमासी ठान्छु । भलै, कुकुरहरु मान्छेको भाषा बुझ्दैनन्, ‘चेइ चेइ’ मात्र बुझ्छन्, हड्डीको संस्करणमात्र बुझ्छन् । कुकुरहरुको नैतिकता हुँदैन, उस्तै परे कलो चाट्ने हात टोक्न बेर हुँदैन । पागल कुकुरहरूलाई ‘चेइ चेइ’ गुर्नपूर्व गतिलो खोरको व्यवस्था पनि गर्नुपर्दछ । तर मान्छे कुकुर भयो भने ढुङ्गाले हान्न मिल्दोरहेनछ, खोरमा थुन्न मिल्दोरहेनछ । उसको बदमासीको बदलामा मान्छे भएर कुकुर टोक्ने त कुरै भएन । नत्र पत्रकारहरू यसलाई समाचार ठान्छन् । कुकुरले ‘मान्छेको भाषा बुझ्न गाह्रो भयो’ भनेर ‘कुईं कुईं’ गरेकै भए पनि मैले यसपटक पनि कुकुरहरूभन्दा मान्छेकै आग्रहलाई उच्च ठानेको घोषणा गर्न चाहन्छु । हड्डी साह्रो कि फलामको चिउरा ? भ्रम नपरोस् !

तू खुर्शीद है बादलों में न छुप,
तू महताब है जामगाना न छोड,
तू शोखी है, शोखी रियायत न कर,
तू बिजली है, बिजली जलाना न छोड ।

आचार्य रजनीशका यी वाणीहरूसँग मैले साताभरी सम्वाद गरें । यस्ता सम्वादले ठाउँ ओगट्नु स्वाभाविक नै ठहर्छ जब मसीको लेपन लगाएका अक्षरहरूले अर्थ बोक्न नसकेको व्यथा, पीडा अनि कुण्ठा छापामा लाजै नमानी बौरन्छ । थोरै गोलो गद्य घुमाउरो ठान्ने, थोरै चेप्टो चट्टान जटिल मान्ने, अलिकति घुमेको घुयत्रोलाई दर्शनको संज्ञा दिने, अतिकति बाटुलो वाक्यलाई ‘हे, बा बा’ बोल्ने नयाँ ‘मसीमासु’हरूले माथिका यी काव्य र काव्यभित्रको सत्यम्, शिवम्, सन्दरम्लाई कसरी बुझ्ने र बुझाउने कष्ट उठाउने हुन् ? यहाँनेर प्रश्न सोध्नमात्र सकिन्छ, सोच्न सकिंदैन । एक जना अल्लारेले यसै मेसोमा मेरा अक्षरहरुको हात्ती छाम्ने दुःख बारेछन् र बुद्धत्व नै पाएझैं गरी आँफैलाई सोधेछन्– ‘जति नै लेखे पनि केही लछारपाटो लाग्ने होइन क्यारे ?’ अरुले के ठाने कुन्नि ! मैले त माने, गाँठे ! प्रश्न दह्रो छ, सबैलाई एकै चोटी ढाल्ने । उनको त्यो सानो प्रश्नले ममा अर्को त्यस्तै प्रश्न जन्मायो । प्रश्न सामान्य थियो – ‘जति नै बाँचे पनि अन्त्यमा जसरी पनि मर्नै पर्छ, किन बाँच्ने हो व्यर्थै ?’ यो प्रश्न र त्यो प्रश्नमा के भेद छ , हजुर ? लौन बताइदिनुस् । के गर्ने, बौद्धिक व्यापारजस्तो कसैले पाएको बुद्धत्वलाई साटासाट गर्न मिल्दोरहेनछ । नत्र गुरु नै थपिदिन्थेँ वा गुन्टा बोकेर हरिद्वारतर्फ कुलेलम ठोक्थें ।

हो ,बच्चाहरू चन्चल हुन्छन् । अर्थात् चन्चलहरू बच्चा नै हुन् । चकचकेहरू बच्चा नै हुन् । चुलबुलेहरू बच्चा नै हुन् । बुझ्न गाह्रो हुनेले यसरी नै बुझे बेस होला । बढी बकबक, चकचक र चुलबुल गर्नु यिनिहरूको बालस्वभाव हो । अर्काको जुठेल्ना अघिल्तिर सिंगानको लामो भेडो निकालेर कट्टु समाउँदै नाङ्गै र भुतुङगै भाँडाकुडी खेल्न पाउनुलाई यिनिहरू आफ्नो अधिकार सम्झन्छन् । र, बारबन्देजबिनाका यस्ता बच्चाहरू जान्दै—नजानि गल्ती गर्छन्, तमासा खडा गर्छन् र गाली खान्छन् । पछि आँफै क्वाँ—क्वाँ रुन्छन् सम्हाल्नै गाह्रो हुनेगरी । अनि बच्चाहरूलाई चकलेट दुवाएर फकाउनु पर्छ, फुलाउनु पर्छ । तर के गर्ने ? यतिखेर मसँग चन्चलेहरूलाई बजारको चोकोफन चकलेट खुवाउने दह्रो चन्दाको अभाव छ ।
      बर्षौं पहिले केहि बुझ्न खोज्ने जिज्ञासु आत्माहरूलाई जेन कविले भनेकै हुन्— ‘नानिहरू हो, सूर्य देखाउने औँलो होइन, सूर्य नै हेर्नू ।’ छोटो दिमागले कविको औँलो मात्र देख्यो, आकाशको आलोक देख्दै देखेन । जेन कवि वाक्क भए र संसारलाई त्यसरी नै सम्झए । दृष्टि हराएपछि सबै अन्धकार, सधैँ अन्धकार । दृष्टि गुमेको आँखाको हाइन, दिमागको हो । उज्यालो त उसको जन्मजात शत्रु हो । उसले अन्धकार बाहेक केहि पनि सुँघ्दैन । घ्राण शक्ति नै अँध्यारो छ । कहाँबाट सुघोस् उज्यालो ? त्यस्ताले सजिलै बुज्लान् भनेर लोकले उखानहरूको जन्म दिन्छ । ‘म गर्छु आगराको कुरा, सम्धी गर्छन् गागराका कुरा !’ अरुलाई बढी बुझउन खोज्ने बुबुराहरूले यो उखान बुझेकै हुनुपर्छ । नबुझे आत्तिनु पर्दैन । अर्को झन् सरल उखान लोकमा अद्यापि ज्यूदैं छ, मरेको छैन । उखान बोल्छ — ‘... नाच्यो आफ्नै तालमा !’ बाह्रखरी बुझेको हरकोहीले यति अवश्य बुझ्ला– ‘भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ !’ अझ बेसी बुझाउनकै लागि मेरो मझेरीबाट जुठेल्नामा ओर्लन स्वाभिमानले दिँदैन ।
 
‘आर्थिक मन्दीका बेला खुर्सानी र मरीच धेरै बिक्छ, किशोरीहरू घरबाट भाग्छन्, फोनको प्रयोग धेरै हुन्छ, चराहरू बढी पालिन्छन् ।’ धेरै पहिले घोत्लिएको लेखक सौरभको ‘बसिबियाँलो’ भित्रको एक भाव यस्तै–यस्तै थियो । हुबहू शब्द सार्न लेखकीय स्वत्वले दिएन । जति सम्झे त्यत्ति नै टिपेँ । हो, मान्छे रगतको बच्चा र जन्तु जगतको चराबिच धेरै गुणहरू मिल्दाजुल्दा हुने गर्छन् । दुवैलाई पाल्नुपर्छ, दुवैलाई चित्तबुझ्दो दानापानीको व्यवस्था गरिनुपर्छ । अन्यथा कराउनु, चिच्याउनु र रुनु सामान्य बन्न जान्छ । एक अर्थमा यिनीहरु चम्चाजस्तै चञ्चल हुन्छन् । हो, त्यही अर्थमा चञ्चलहरू बच्चामात्र होइनन्, चम्चा पनि हुन् । मालिकको थालमा साँझबिहान रत्यौली नाच्छ चटपटे चम्चा । मालिकको इशारामा तालबेताल नाटक रच्छ नौरङ्गी चम्चा ।  

चम्चाहरू ध्वनि दिन्छन्, आवाज दिँदैनन् । ध्वनिमा टकराबमात्र हुन्छ । र, आवाजमा अर्थ हुन्छ । एक्काईसौँ शताब्दीको आवश्यकता ध्वनिको होइन, आवाजको हो । हिजोआज प्रचारकै लागि बनेका विज्ञापनसमेत पाठक  श्रोताका लागि अर्थपूर्ण सुनिनुपर्छ, बुझिनुपर्छ । संसारमा लेखक हुनुभन्दा पनि गाह्रो छ, एउटा असल पाठक हुनु । राम्रो लेखक बन्नुभन्दा पहिले एउटा राम्रो पाठक बन्न सिक्नुपर्छ । हरेक इमान्दार लेखक पहिले पाठक बन्न सक्नुपर्छ । बिक्री, बजार र हल्लाकै पछि दुगुरेर लेखकका मूल्यांकन गर्ने जमाना सत्रौँ शताब्दी अघिको समेत होइन । नत्र डिग्रीका सर्टिफिकेट अगेनामा जलाएर आगो तापे हुन्छ र पढे हुन्छ ‘प्लेब्वाई’ पत्रिका । संसारमा सबैभन्दा ठूलो मार्केट यसैको छ, ‘वल्र्डज् हटेस्ट म्याग्याजिन’ यसलाई जो भनिन्छ । साहित्य पढ्नलाई दूरको विश्वविद्यालयमा कुनै पाउकष्ट नगरी आफ्नै ओच्छ्यानमा पल्टेर पढे हुन्छ साप्ताहिकभित्रका चुट्किला, यौन जिज्ञासा र राशिफलहरु । मुलुकका अल्लारेहरु सबैभन्दा बढी त्यसैलाई सरल, सहज र सरस मान्दै अँगालोभरि माया गरेर पढ्छन् । अझै पनि माधव घिमिरेका काव्य र पारिजातका काव्यान्यासभन्दा पनि बढी बिक्री हुने गर्छन्, प्रकाश कोविदाका कुर्कुरे उपन्यासहरू । झापा कट्नै पर्दैन, पोखरामै सर्बत्र पाइन्छन् सस्तो मूल्यमा । किने हुन्छ र छिन् भने पढेपछि प्रेमिकालाई पनि उपहार दिए हुन्छ । विषय, प्रसंग र सन्दर्भ नै नमिल्ने गरी एउटा लेखकको मूल्यांकन अर्को लेखकसँग गर्नु र ‘हो, तिमी पनि त्यस्तै बन’ भनेर अर्ती दिनु फोस्रो पण्डित्याइँ र टपरट्युइयाँ प्रवृत्तिबाहेक अरु केही होइन । यसले लेखकहरुबीचको लेखकीय अन्तरसम्बन्ध जोड्नेभन्दा तोड्ने र मिलाउनेभन्दा भाँड्ने भँडुवा उद्योगलाई मलजल हाल्छ । लेख्नु भनेको भजन गाउनु हुँदै होइन । आलोचना गर्नु र आलु–चना खानु दुई पृथक कर्म हुन् । लेखको मूल्यांकन गर्नु र लेकको मूला चपाउनु एउटै कसरी हुन्छ, महाशय ? त्यसमाथि कुकुर भुकाईको प्रचारले उचालिनेलाई कुनै उचाइको स्वाद होला भन्ने ठान्दीनँ म । काग कराएर पिना सुक्न रोकीएको इतिहास छैन । काग र कुकुरहरुको संस्कार र शैली सायद एउटै हुन्छ । यसर्थ त तिहारमा यी चौपाय र पखेरुलाई चुठेल्नामै डाकेर उसिनेको चामल छरीदिनछन्, मान्छेहरू ।

अहिलेलाई कवि निरजको गजलको यो शेरसँगै बिदा –

शब्दको एक तमसा नही तलवार बना
काम लेना है कलम से तो, अब सिपाहीका ।  

(२०६० साउन १३ गते मंगलबार आदर्श समाज दैनिकमा प्रकाशित)

"> Mahesh Bhandari | A Sociolist
Blog Image

जहाँ जाला जोगी भातै खाला !

LOADING
swoosh_up