ध्वनिकेन्द्रको छत्रभित्र लगभग एक वर्षसम्म बिहानदेखि बेलुकासम्म कुनै विराम, विश्राम र आराम नै नलिई एक किसिमको रोबोट बनिरहेको यान्त्रिक मनेदशाबाट भर्खर–भर्खर छुट्टी मिलेका बखत सोच्दै थिएँ– समय अब कटाइदिनुपर्ला निर्जन कोठाभित्र पुस्तकसँगै प्रेमालाप गरेर ! किन भौंतारिने व्यर्थै ? छ कसैले केही पाएको ? क्यै छैन । सब गुमाउनुपर्छ यहाँ । अरुको भन्दा कम गुम्यो भने त्यै हो मान्छेको उपलब्धि । 

‘ए, भन त सिक्किम जाने हो ?’ मित्र रामजी जि.सी. अचानक सोध्छन्, गत डिसेम्बरको कुनै चिसो बिहान । र, जसरी पनि जानुपर्छ भन्दै बारबार कर गर्छन् । जीवनमा उनले यति धेरै कर गरेको सम्भवतः पहिलो यो नै होला सायद । त्यो प्रहर केही बेर सोचमग्न हुन्छु र आफैँलाई सोध्छु– मैले प्रवासी कविहरुको कवितामा पढेको सिक्किम कस्तो छ हँ ? के सिक्किमसँग मेरोजस्तै आफ्नै सक्कली सपना छ त ? त्यहाँको रंगीतले आफ्नी प्रियसी टिष्टालाई कसरी अङ्कमाल गर्छ होला ? कुनै समय रातभर निन्द्रा फाल्दै पढेका प्रकाश ‘कोविद’का केही उपन्यासका सेटीङहरू मथिङ्गलमा घुम्छन् । लेण्डुप दोर्जीको सिक्किमले नरबहादुर भण्डारी हुँदै पवन चाम्लिङसम्म आइपुग्दा कस्तो स्वरूप पाएको छ त ? र, त्यहाँ नेपाली र मधिसेहरूले लेप्चा र भुटियाहरूसँग सपनाको खेती कसरी गर्छन् होला ? सोच्दै जाँदा त्यहाँ उत्तिनखरै पुग्ने जिज्ञासाले मनमा झन् ठूलो डेरा जमाउँछ ।
 म थप प्रश्न गर्छु उनलाई, के दार्जीलिङ पनि घुम्ने हो ?’

सिक्किमसँग त्यसै जोडीएर आउने गर्छ दार्जलिङकोे पुुरानो सहेली नाता; साँच्चै, दार्जीलिङलाई सिक्किमबाट कसरी छुट्टाउन सकिन्छ र !

उनी भन्छन्, ‘अँ, हामी फर्कदा दार्जीलिङको साथसाथै पूर्वी नेपालको इलाम, धरान हुँदै यता पश्चिमकै लुम्बिनीसम्म घुम्नेछौ ।’

पहाडकी रानी दार्जिलिङ आकाशमा हिजोआज कस्तो बादल खेल्दो हो ? अनि कसरी नाच्छ हो त्यहाँको प्रवासी बतास ? के टाइगर हिलमा उदाउने सूर्य हाम्रो सराङकोटको सूर्यभन्दा बढ्ता न्यानो छ होला त ? ठूलो उत्सुकता पलाउँछ । बूढा इन्द्रबहादुर राइको दार्जिलिङले हिजोआज कस्तो ‘लीला’ देखाउँछ होला, खै ? राजा वीरेन्द्रको हत्यापछि त्यहाँको सेन्ट जोशेफ स्कूल रोयो वा रोएन हँ ? अम्बर गुरुङको ‘नौ लाख तारा’ त्यहाँको आकाशमा आजकाल उदाउँछ वा उदाउँदैन नि ? यस्ता प्रश्न स्वभाविक आउँछन् मनमा । 

अनि नेपाल फर्केपछि धरानको बूढासुब्बाको मन्दिर पुगेर बाँसको माथिमाथि चढ्दै ‘कसै’को नाम लेखौँ कि नलेखौँ ! भो नलेखौँ क्यारे ! कसरी लेख्ने, कुन आधारमा लेख्ने ? खै के गर्ने, उनलाई थाहा होला नहोला मेरो मनको बयली भाखा ! मनको नामचित्रलाई बाँसमा कोरेर पो के नै होला र ! बडो दुविधामा पर्छु । भनेकोसम्म छैन बिचरीलाई । अनि कसरी थाहा होस् ! तर लेखिदिन्छु हो, जे पर्छ पर्छ ।

 आखिर, यात्रा तय भयो । नव वर्ष २००३ को पहिलो दिन अर्थात जनवरी १ को दिवाकालको १ बजे हामी हुइकियौँ पृथ्वीनारायण क्याम्पस बगरबाट नेपालको पूर्वोत्तर भूखण्डतर्फ । जाँदाको यात्राभरि यस्तो लाग्थ्यो– सिक्किम मेरी प्रियतमा हो; म उसलाई भेट्न जाँदैछु लामो प्रतिक्षाको घडी तोड्दै, मनभरी ठूला–ठूला रहरहरू बोकेर ।
 
मित्रहरुको संख्या ३० को हाराहारीमा थियो । सबैको सम्झना समेट्ने हो भने यहाँ स्थानको अभाव हुनेछ । त्यसमाथि छ–छ महिना पहिले गरेको त्यो यात्राको कुटुरो अहिले फुकाउँदा कस्तो–कस्तो खसखस लागेर आउँदैछ आफैँमा । विगतलाई फर्केर हेर्दा आँखा ज्यादा संवेदनशील बन्दोरहेछ, मन थोरै ओसिलो हुँदोरहेछ, अहिले त्यस्तै महशुस हुँदैछ । सविशेष त्यो यात्राले जीवनमा धेरै अर्थहरुको भीड लगाएर गएको छ । कहिलेकाहीँ यात्राले जीवनलाई पूर्णतः नयाँ स्वरूप, सन्देश र संकेत सुम्पदो रहेछ, सोच्दा अहिले अचम्म लाग्दैछ ।

आँखामा नअटाउने गरी नाचिरहेछन्, त्यो लामो यात्रापछि झुक्किएर पनि एकै पटक भेट नभएका रामबजारका शैलेस रायमाझी, दीपका रोशन गुरुङ्ग, बाटुलेचौरका सुशील भट्टराई र लक्ष्मीटोलका नरजंग तामाङ्ग, विकास र श्याम गुरुङ्ग अनि पृथ्वी नारायण क्याम्पसका अशोक शर्मा, राममणी देवकोटा, शिवजी पौडेल र अन्य–अन्य आत्मीय आकृतिहरु । जति आनन्द अनुभूत हुन्छ यात्रा गर्दा, त्यो भन्दा बढ्ता हुँदोरहेछ त्यसलाई अहिले आएर सम्झँदा र अझ कसैले सम्झइदिँदा ।
 
हामी गुन्टा कस्दै थियौँ । बस हिड्ने तरखरमा थियो । सायद हामी केही साथीहरुको प्रतीक्षामा थियौँ क्यारे । क्याप्पस गेटमै अचानक मेरो भेट भयो प्राध्यापकद्वय वीरबहादुर कार्की र कुसुमाकर न्यौपाने, अनि भाइहरू एकेन्द्र र नवराजसँग । सुरुमै औपचारिकता मिल्यौ कार्की सरबाट शुभयात्राको । गह्रुङ्गो चश्माका धनी न्यौपाने सरले त्यतीखेरै मौकाको फाइदा उठाएर सिक्किमको साहित्यिक कोशेलीको लागि हल्का आग्रह गर्नुभयो । मैले सिक्किममा पुस्तक किन्नै सकिनँ, उल्टै पोखरादेखि पढ्न भनि लागेको जे. कृष्णमूर्तिको एउटा पुस्तक त्यहीँ छोड्नुप¥यो । कसैले मन चोरेजस्तौ थाहै नदिई गान्तोकको गाडीले सुटुक्क बोकेर लगेको त्यो किताब सिक्किमलाई मेरो सम्झना नै भयो !

जाँदाखेरीको यात्रामा मित्र श्रीकान्त आचार्यको हराएको टोपीले मलाई छुट्टै बिम्व छाड्यो पछिसम्म । सायद हेटौडाको प्रमुख बजारको अलि वल्तिरै हुनुपर्छ, उनको टोपी अचानक गायब भयो । चेकिङको लागि बसबाट ओर्लेर लुरुलुरु हिँड्नुपर्दा सायद बाटोमा कतै खस्यो । गलबन्दीमाथि लगाएको त्यो पाले टोपी कहाँ खस्यो थाहै भएन । एक त शानसँग शीरमा लगाउने टोपी, त्यसमाथि कसैबाट सप्रेम उपहारमा मिलेको ! गाडीले पल्तिरै पु¥याइसकेपछि उनलाई जब त्यो टोपी हराएको थाहा भयो तब एक किसीमको अस्थिरताले उनलाई अँचेट्यो । उनी यता गम्भीर मुद्रामा हराएको टोपी खोज्छन् बसको सिटमुनि कतै परेको छ कि भन्दै, उता सिटमाथि बसेका मित्र अशोक आफ्नो दाह्री मुसार्दै मुसुमुसु हाँस्छन् उनको त्यो बेचैनी देखेर । अशोकको एउटा अचम्मको स्वभाव छ, उनी हत्तपत्त आफू आत्तिनन्, तर अत्याइदिन्छन् अरुलाई ।

श्रीकान्त भन्दै थिइ, ‘होइन, फर्केर जाउँ कि क्या हो, बाटोतिर पल्टेको छ कि मेरो टोपी !’ कसैले सम्झनास्वरुप दिएको उपहारको यति धेरै माया लाग्दो रहेछ, त्यसै बेला अनुभूत भयो । मैले त सम्झाएको पनि हो एकपटक, ‘तपाईको मात्र होइन श्रीकान्तजी, मुलुककै टोपी यस प्रहर गायब भएको छ । तपाईंको त सम्झनाको टोपी हरायो । यहाँ स्वाभिमानको टोपी हराउनेहरू कैयौँ छन् । तिनीहरूलाई नै हेरेर चित्त बुझाउनुस् न अब ।’ भारतीय भूखण्डमा बेचिएको नेपाली स्वाभिमानजस्तै मित्र श्रीकान्तको हराएको टोपी फर्केर आएन । नेपालभूमिभित्रै हराउने टोपीले प्रवासमा बेचिएको स्वाभिमानलाई मार्ग प्रशस्त गरिरह्यो शताब्दियौदेखि ।  हामी टोपी खोज्दै रह्यौँ, उनीहरू स्वाभिमान खोज्दै रहे । अहिलेसम्म न टोपी मिल्यो, न स्वाभिमान नै । खैर, कविता, गीत र कथाका कुरा ‘कसै’ले नखाएको कसमजस्तै सधैं अमूर्त, अपुष्ट र अस्पष्ट ध्वनित भई नै रहे ।
त्यस बेला रातको साढे आठ बजे मुलुकका सुरक्षाकर्मीहरू हामीलाई सुरक्षाको प्रत्याभूति दिन एकएक गर्दै झराल्दै थिए गाडीबाट र छाम्दै थिएँ हाम्रा झोला, टोपी र खल्तीहरु । यस्तो लाग्थ्यो हामी मान्छे होइनौँ, भेडा हौँ । हामीसँग झ्यापुल्ले ऊन प्रशस्त छ जीउभरि र संकटकालको कृपाले ठाउँठाउँमा रातविरात खडा भएका सुरक्षा भन्सारले मुसार्नु पर्छ हाम्रो ऊनलाई । गरुन् पनि के ? माथिको आदेश यस्तै छ, यो उनीहरुको ड्युटी हो । सुरक्षा दिलाउन भनेर खटिएका सुरक्षाकर्मीको जत्थाले जब ठाउँठाउँमा गाडी रोक्ने ईशारा दिँदै हामीलाई पालैपालो ओराल्यो, मुलुक झन् धेरै असुरक्षित भएको हामीलाई आभाष मिल्थ्यो ।

सिक्किम यात्रामा बाँकी कुरा अर्को अंकमा ।

(२०६० असार १७ गते मंगलबार, ‘आदर्श समाज’ दैनिकमा प्रकाशित)

"> Mahesh Bhandari | A Sociolist
Blog Image

सिक्किम यात्रामा एउटा कुरा

LOADING
swoosh_up