जीवनमा पहिलो प्रेम पुस्तकलाई गरियो ।  फिल्म दोश्रो प्रेम हो । फिल्म साविकजस्तै हेर्छु तर समीक्षा चाहिँ अब लेख्दिनँ भन्ने सोचेको थिएँ । काँचको पर्दाको रामरमाईलोलाई काँचकै पर्दामा छोड्दिऊँ भन्ने तर्कना नआएको होइन ।
 
तर जब फिल्म ‘प्रसाद’ हेरेँ तब केही लेख्न मन लाग्यो । लेख्नै पर्ने दिल त तब जाग्यो जब बजारमा उट्पट्याङ्ग टिप्पणीहरु आए । 

हाम्रो नेपाली आँखा अनौठो दृष्टि क्षमताको छ । समीक्षकहरु त ठूला र चेप्टा चश्मा लगाएर हेरि दिन्छन्, लेखी दिन्छन्, बोली दिन्छन् । चश्मा निकाल्न लगाउने हो भने दृष्टि क्षमता गुम्छ उनीहरुको । लेख्न बोल्न बन्द गर्न आग्रह गर्यो र माने भने सनातन धन्दाबाट बेरोजगार बन्छन् उनीहरु । सबै दृष्टि र रोजगारको माया लागेर आउँछ । त्यसैले ढिलो लेखेँ । लेख्नै पर्ने भएर लेखेँ । 

 अनौठो दृष्टि क्षमता आयातित होइन । आयातित हुन्थ्यो भने ट्याक्स लगाउन मिल्थ्यो । विधेयक बनाएर रोक लगाउन मिल्थ्यो । मिल्दैन । नेपाली भूगोल र परीवेशले पैदा गरेको हो यो क्षमता । हामी राजनीतिक कथालाई मनोवैज्ञानिक आधारमा मूल्यांकन गरिदिन्छौँ र हामी मनोवैज्ञानिक कथालाई राजनीतिक आधारमा मूल्यांकन गरिदिन्छौँ । अनि सिर्जनाउपर आम धारणा ‘ल्याङ’ बनी दिन्छ । त्यसको मारमा ‘प्रसाद’जस्ता सुन्दर फिल्महरु पर्छन् । यसअघि यही मारमा घनश्याम लामिछानेको ‘पंचेबाज’ पनि नपरेको होइन। 

 मूलतः ‘प्रसाद’ सामाजिक विषयवस्तुमा आधारित एउटा मनोवैज्ञानिक कथा हो । अँगेजीमा यसलाई सोसल ड्रामा भनिन्छ तर सोसल ड्रामा जसको जमिन र जरा मनोवैज्ञानिक छ– आमा बन्ने मनोविज्ञान, कोखमा बसेको बच्चा हुर्काउने मनोविज्ञान । यो विषयमा कथा लेख्न पनि गाह्रो हुन्छ । फिल्म बनाउन झनै गाह्रो । 
    
 कथाको सुरुवात् रमाइलो र ठट्यौलो पारामा हुन्छ । दलित भएको र अन्य विभिन्न कारण देखाएर कसैले पनि भाडाको कोठा नदिँदा नारायणी (नम्रता श्रेष्ठ)ले पेट बोेकेको अभिनय गर्दै घरधनी आमा (बसुन्धरा भुषाल) लाई झुक्याउँछिन् । यो सुन्दर सुरुवात हो । हेर्दा ठट्यौलो लाग्छ । तर यसभित्र मनोविज्ञान लुकेको छ । उनले अन्य बहाना देखाएर पनि झुक्याउन सक्थिन् । तर, पाँच महिनाको पेट बोकेको अभिनय गरेर झुक्याउनुमा नारायणीको मनभित्र लुकेको चाहनालाई प्रतिबिम्बीत गर्छ– आमा बन्ने असामान्य चाहना । अचेतन, अर्धचेतन मनमा गडेका भावहरु मान्छेहरुको सामान्य व्यवहार र बोलीमार्फत् फुत्त निस्कन्छ, यसको आभाष स्वयम् सम्बन्धित मान्छेलाई समेत नहुन सक्छ । यो नै हो मनोविज्ञान ।  

भाडामा कोठा पाएर बस्न थालेपछि टेलर बाबुराम परियार (विपिन कार्की)ले आफ्नो नजन्मेको छोराको लागि भोटो सिलाउँछ । पीता बन्न नचाहने पुरुष त को होला र ? सबैको चाहना हुन्छ । तर, यो दृष्यले बाबुरामको चाहना विशेष भएको सँकेत गर्छ । 
    लगातार २ वर्षसम्म बच्चा नभएपछि एउटा सामान्य दृश्य आउँछ । दम्पत्ती कीर्तिपूरस्थित साथीको घरमा जान्छन् । काखे बच्चालाई उसको आमाले तेल लगाउँछिन् । त्यत्ति खेर टोलाएकी नारायणी र अर्को दृश्य, किण्डर गार्डेनमा पढ्ने बच्चा चुम्बन गर्दै उसको बाबाको काखमा बसेर बाहिँरिँदा झोक्राएकी नारायणी, सँगै सुत्दा बेडमा बाबुरामले खुट्टा खप्टाउँदा ‘पछि बच्चालाई बीचमा राखेर सुताउँछु अनि चाल पाउलास्’ भनेर हप्काउने नारायणी – यी यस्ता दृष्य र संवाद हुन् जसका माध्यमबाट कथा मनोवैज्ञानिक रुपमा नारायणीलाई एउटा बच्चाको आमा बन्न अत्यन्तै लालयित भएको पुष्टी गर्छन् । साना साना घटना र दृश्यमार्फत् कथाले नारायणीको दबेको चाहना र ईच्छालाई प्रतिबिम्बित गरेको छ । दर्शकलाई हाँसो पनि लाग्छ । तर कथा अगाडि बढ्दै जाँदा केही मिनेट अगाडि हाँसो लागेका दृष्य र संवाद गहिरा लाग्दै जान्छन् । सुन्दर बिम्ब छोड्दै जान्छन् ।

    मनोविज्ञानमा कथा लेख्न र त्यसलाई फिल्ममा उतार्न साँच्चिकै गाह्रो छ । बलत्कारजस्तो पीडा र अपमानपछि नारायणीले पेटमा भएको बच्चालाई झन् माया गर्दै जानु र आँफू त्यो बच्चाको किसान भएको र बिऊको हक बिऊमा मात्रै सीमित हुन्छ, फलमा हुँदैन र फलको हक किसानसँग हुन्छ जस्ता अभिव्यक्ति दिएर बाबुरामलाई कन्भीन्स गर्न खोज्नुले बताउँछ कि आमा बन्नु बायोलोजिक भन्दा पनि एउटा अधिकारको कुरा हो, उच्च प्रेमको कुरा हो । त्यो प्रेमसँग बिऊ हाल्नेको कुनै सरोकार हुँदैन, नारायणीको लागि । कथाले उनेको मनोविज्ञान नै यही हो । दृश्यजत्तिकै शब्द पनि शक्तिशाली छन् यो मनोदशालाई पटाक्षेप गर्न । कथाले उभ्याएका साहयक पात्रमार्फत पनि नारी संवेदनालाई उजागर गरिएको छ । फटाहा पात्र रमेश (निश्चल बस्नेत) की श्रीमतीको भूमिका छोटो छ तर उत्तिकै प्रभावकारी । उनी भन्छिन्– ‘म पनि मान्छे हुँ । मेरो पनि मन हुन्छ । मलाई पनि चित्त दुख्छ ।’ सहायक भूमिका र सानो दृष्यमा रहेकी एउटा पात्रको अभिव्यक्ति आँफैमा शक्तिशाली छ जसले मुख्य पात्र र मुख्य कथालाई थप सहयोग पुर्याउँछ । फिल्म प्रसाद यस्तै साना साना पक्ष र पात्रमा ध्यान दिएको हुनाले मीठो बनेको हो । 

मुख्य पात्रमार्फत् जे जति मन छुने अभिव्यक्ति राखिएको छ त्यसको चाहिँ कुरै नगरौँ अब । अन्य समीक्षकहरुले यस विषयमा चर्चा गरिसक्नु भएको छ । प्रशंसा गर्नु भएको छ । सिम्पल शब्द र आन्चालिक दृष्टान्तमार्फत् गहिरो संवाद लेख्ने खुबी लेखकसँग देखिन्छ । शब्द चयन सरल छ तर दिल छुन्छ । फूल र बिऊको बिम्ब मर्मस्पर्शी छ । किसान र मन्दीरको उदाहरण विचारोत्तेजक छ । कान्तिपुरकर्मी सुशील पौडेलको खासियत नै यही हो । 

गुरुप्रसाद मैनालीको कथा परालको आगो जस्तै यथार्थवादी छ फिल्म तर कथाभित्रको कथा मनोवैज्ञानिक छ पारिजातको मैले नजन्माएको छोरो जस्तै । समाजको यथार्थ र व्यक्तिको मनोविज्ञानलाई थोरै पात्र र दृष्यमार्फत् सरल तरिकाले बुझाईएको छ । यथार्थवादी कथामा धेरै फिल्म बने, बनिरहेका छन् । तर मनोविज्ञानजस्तो जटिल विषयमा फिल्म कम बनेका छन् । निःसन्तान दम्पत्तीको मनोविज्ञानलाई फिल्मले कत्ति पनि निरस र निस्तो नबानाईकन मिठो पस्केको छ ।   

फिल्मलाई मनोविज्ञानबाट अलग्याएर हेर्नै मिल्दैन । हेर्यो भने दृष्टिदोष हुन्छ । तर, यहाँ फिल्मले बलत्कारलाई प्रश्रय दियो भनेर तर्क गर्नेहरु पनि बजारमा देखियो । यो राजनीतिक मूल्यांकन हो । बलत्कारपछि श्रीमतीलाई घर निकाला गर्ने प्रवृत्तिविरुद्ध कथाले आवाज दिएको ती टिप्पणीकर्ताहरुले भुसुक्कै बिर्से । कोखमा भएको बच्चालाई जन्म दिनु पर्छ, हुर्काउनु पर्छ र उसको अधिकारको रक्षा गर्नु पर्छ भन्ने नारायणीको भावनालाई ती टिप्पणीकर्ताले भुले । एउटी नारी बलत्कृत हुन्छे, त्यो पनि आफ्नै लोग्नेको बेस्ट फ्रेण्डबाट । बलत्कारीलाई उनले चाहने हो भने सजिलै सजाय दिन सक्छे तर ऊ त्यतातिर लाग्दिन । तर अपराधीलाई उसकै बुद्धिले सजाय दिन्छ र उसको दुःखद अन्त्य हुन्छ । दुःखमा सुख खोज्ने र सुखमा पनि दुःख पाउने मनोदशालाई कथाले सहज ढंगले बुनेको छ । बाहिरी (एक्सटर्नल) पक्षले भित्र (इन्टरनल) बिगार्ने होइन कि भित्री (इन्टरनल) पक्षले बाहिर (एक्सटर्नल) बिग्रने जस्तो मनोविज्ञान र महौललाई सरल र सहज तरिकाले कथाले उन्दै, बुन्दै र बुझाउँदै जान्छ । यो दुरुह काम हो । कथाकार सुशील पौडेल र निर्देशक दिनेश राउत प्रशंसाका पात्र छन् । 

केही सुधार गर्नु पर्ने निर्देशकीय कमजोरी नभएका होइनन् । नम्रता श्रेष्ठ (नारायणी) लाई कमालको स्टाइल सुहाएको छ । तर, कपाल नक्कली हो भन्ने आभाष ५ वर्षको दर्शकलाई पनि हुन्छ । साउण्ड मिक्सिङमा लापरवाही देखिन्छ । घरकी श्रीमतीलाई बहाना बनाएर पैसाको जोहो गर्न गाउँ जान लागेको बाबुरामले आँफैले फोन गरेर रमेशलाई थाहा दिनु अस्वभाविक लाग्छ । थाहा पाउने अन्य संयोग तयार गर्न सकिन्थ्यो । रमेश पानी परेकै बेला नारायणीको कोठामा आएको दृष्यमार्फत् वर्षासँग जोडिएको सेक्सको सिम्बोल देखाउन खोजियो होला तर आवश्यक लाग्दैन । भेटघाटका अरु दृश्य क्रियट गर्न सकिन्थ्यो । सुरुदेखि अन्त्यसम्म निश्चल बस्नेत (रमेश) को सरल रेखीय अभिनय अप्राकृतिक लाग्छ । कथाले उनलाई अझै खुल्ने र खोल्ने मौका दिएको थियो, तर निर्देशकले किन एकांगी बनाए उनको प्रस्तुतीलाई ? प्रश्न गर्ने ठाउँ बन्छ ।   

र अन्तमा, 
प्रसादको हिरो वीपिन कार्की (बाबुराम परियार) होइनन् । असली हिरो नारायणी (नम्रता श्रेष्ठ) हुन् । उनको साहस प्रशंसनीय छ । उनी जातीय विभेदको विपक्षमा उभिन्छिन् । दलित जातको प्रेमीसँग बिहे गरेर परम्परावादी परिवार र समाजलाई चुनौती दिन्छीन् । यो विद्रोह हो । बलात्कारजस्तो घटनापछि उनले साँधेको मौनता सुरुमा उनको कमजोरी झैँ लाग्छ । तर त्यही मौनताले सबै कुरा मिलाउँदै जान्छ । उनको अडान र आँटलाई त्यही मौनताले मजबुत बनाउँछ । यता आफ्नो तर्क र विचारमा अडिग हुन्छीन् । उता बाबुरामले आवेगमा जति नै गाली गरे पनि आफ्नो मायाको मात्रालाई कम हुन दिँदिनन् । बलत्कारी पात्रलाई सजाय दिनेतिर नलागी पेटमा भएको बच्चा जन्मन र बाँच्न पाउनु पर्छ भन्ने अधिकारका लागि उनी लड्छिन् । त्यो लडाइँ सुरुमा उनी आँफैसँग गर्छिन्, त्यसपछि अरुसँग । जातीय विभेदका विरुद्ध उभिएर बाबुरामसँग शहर भासिनु भन्दा ठूलो मनोवैज्ञानिक विद्रोह उनले बच्चालाई जन्म दिनु र हुर्काउनुमा छ । सामाजिक र मनौवैज्ञानिक दुवै लडाइँको पनि उनी विजेता हुन् । यो जीतलाई पराम्परागत राजनीति र कथित अधिकारवादको ढकमा राखेर तौलन मिल्दैन । 

समग्रमा ‘प्रसाद’ दूध डढेर पकाइएको लोकल चिया हो । दूध मज्जाले डढ्थेन भने चिया मीठो हुन्थेन । आयतित चियामा बानी परेका जिब्रोबाजको कुरै नगरौँ । उनीहरु डढेको दूधको बासनाबाटै बिमुख छन् । 

जक्सन डटकममा प्रकाशित
  
"> Mahesh Bhandari | A Sociolist
Blog Image

‘प्रसाद’– डढेको दूधवाला लोकल चिया

LOADING
swoosh_up