इसाको मृत्यूपछि लोकमा चलेको संवत् २००३, जनवरीको दोश्रो दिन, साँझ सात बजे हामी उत्रियौं भारतको बाइसौँ राज्य सिक्किमको राजधानी गान्तोकमा । टिष्टाको किनारै किनार उकालो चढ्दै गर्दा लाग्थ्यो –‘गान्तोकले धेरै पटक इतिहाससँग गम खाएको छ र मागेको छ आफ्नोपना ।’ विगत २८ वर्षदेखि पराधिनताको मजेत्रो ओढेर लमतन्न सुतेको सिक्किमे सपनालाई टिष्टाले बगाएर बङ्गालमा मिसाइरहेछ छ अविरल । त्यही सपना खोज्न सिक्किमे चामलिङहरु कहिले केन्द्रका वाजपेयी पुकार्छन् त, कहिले किनारका ज्योति बसु । हराएको सपना क्यै गरी फिर्ता हुँदैन ! यो सिक्किमले भोगेको तितो यथार्थ हो । सपना बेच्ने काजी लेण्डुप दोर्जेको बुढ्यौली विगत र सपनाको व्यापार गर्ने भण्डारी बहादुरहरूको बैंसालु आगतबीच त्यतैकतै हराएको छ सिक्किमको वर्तमान !

सायद मित्रद्वय श्रीकान्त र शिवजीको प्रबन्धमा हुनुपर्छ, हामीले दस बजे बिहानको भोजन लिएका थियौँ, काँकडभित्ताको बाग्लुङ होटलमा । मित्रहरूले यसरी बाग्लुङ्गे दिदीको सो होटल नै रोज्नुमा एउटा मीठो स्थानीय आत्मियताको स्वाद थियो– पूर्व पुगेपछि बढेको पश्चिमे माया  र आफ्नोपना ! गह्र्रौ झोलाहरू घिसार्दै, झुण्ड्याउँदै र बोक्दै हामी हिँडेरै पानीट्यांकीसम्म पुग्यौ र, त्यहाँबाट सिलगुढीसम्म त्यहीँको पब्लिक गाडीमा अनि सिलगुडीबाट गान्तोकसम्म भाडाको कमाण्डर जीपमा यात्रा गर्दा मलाई एउटा चटपटे चित्र याद नआएका होइन, मेरा एक कवि 'आत्मन्' को एउटा प्रणयजन्य कविताको । नआओस् पनि कसरी ? उनैको ससुराली गाउँमा म जो पुग्दैछु । स्मृति अझै ताज छ, कुनै बेला पोखराकै होमटाउन रेष्टुरेण्टभित्र फापरको तातो ढिँडोसँग मैले साटेका उनका प्रणयजन्य काव्य–पंक्तिहरूको । मलाई थाहा छ, उनीसँग सिक्कमे मायाप्रति बिछट्टैको लगाब, बहाव र जवाफ थियो र छ । पूर्व, मध्य वा पश्चिम जहाँसुकै जाउन् उनी, तर त्यो माया बोकेर नै जान्छन् ।

सम्झनाको सिरकभित्र स्मृति अक्सर सुखकर नै हुन्छ । तर, त्यो फुत्त निस्किसकेको हुन्छ, वर्तमानको पञ्जाबाट । र,  त्यही दरमा त्यही दम, दर्जा र दर्शन बोकेर फिर्ता नै हुँदैन । एक अर्थमा निष्ठुरी स्वभाव हुन्छ यसको । 

सबैभन्दा दुःख मलाई त्यही बेला लाग्यो जुनबेला हामी सिलगुडी कट्दैथियौँ । हामीले आफ्नो परिचय गुमायौँ, अझ भनौँ गुमाउन बाध्य भयौँ । सिक्किम छिर्नकै खातिर यसरी केही बेर नेपाली हुनुको परिचय एकाएक गुमाउनु पछिसम्मका लागि पीडादायी बन्यो । नेपालीलाई सजिलै प्रवेश थिएन सिक्किममा र सायद अझै छैन पनि । भए पनि कागजी लफडामा घण्टौँ रुमलिनु पथ्र्यो । सिक्किमलाई पनि नेपाललाई जस्तै बाटो र बस्तीबीच बेलाबखत झस्काउनुपर्ने रोग लागेको रहेछ । चेकिङ् बीच–बीचमा हुनेगथ्र्यो, को नेपाली र को गैरनेपाली बीच बाटोमा बेला–कुबेल झस्कनु पथ्र्यो, झस्काउनु पथ्र्यो । लाग्थ्यो, सिक्मिलाई ज्यादा चिन्ता र चासो छ नेपाली माओवादीको । औसत हामीले लिने गरेको भन्दा पनि ज्यादा ।

जीपमा हामी सात जना थियौँ –म, ध्रुव र बाँकी शैलेस एण्ड कम्पनी । यात्राले जुटाएका नयाँ साथी हुन् – रोशन, श्याम, सन्तोष र नरजंग । मित्र रोशन गुरुङको स्मरण शक्ति देखेर म अद्भुत पारामा तर्सेको थिएँ र अझै छु । दुई शब्दमा त्यही रात मैले डायरीमा टिप्पणी लेखेँ– खतरनाक स्मरणशक्ति ! अलिकति समय उब्य्रो भने, अलिकति जोश चढ्यो भने कमा र पूर्णविराम नबिगारिकन ताना शर्माको ‘घनघस्याको उकालो चढ्दा’ अक्षरशः ओकल्न सक्छ ऊ, रात–रातभर । प्रायः हङकङ–पोखरा गरिरहने मित्र रोशनले कसरी बचाउला त्यो अनमोल शक्तिलाई ? घरिघरि सोच्न बाध्य हुन्छु ।

मित्र श्याम गुरुङका केही अर्थगत प्रश्नहरु सुनेर म अबेरसम्म अनुत्तरित र निःशब्द बनेको थिएँ । सायद अहिले ऊ लण्डनको कुनै फौजमा बुट बजार्दै होला र ग¥यामग¥याम सम्झदै होला सिक्किममा जुटेका हामी पोखरेली मित्रहरूलाई । लाग्छ, उससँग मुलुकका डिग्रीवाल पढैयाहरूलाई सोध्नुपर्ने सोझा प्रश्नहरूको थाँती छ । मलाई थाहा छ, उसका धेरै प्रश्नहरूको उत्तर दिने हैसियत कमैले राख्छन् । राखे पनि उसका प्रश्नले खोजेको सोझो उत्तर दिन सक्दैनन् पढैया मुढहरू । 'रेडिमेड क्वेयशनका रेडिमेड आन्सर' पढ्नमा अभ्यस्त पढैयाहरू कि कुरा बङ्ग्याउँछन् कि आँफै बाङ्गिन्छन्, बरु त्यसपछि नजिकै नपर्नेगरि ।

‘बरु नचिनेकै मान्छे राम्रो’ नामक मेरो पुरानो स्मृति आलेख भित्रको एकल नायक शैलेससँग साट्नुपर्ने बाँकी सम्झनाहरू, पाउनुपर्ने केही पात्रताहरु र साँच्नुपर्ने धेरथोर सपनाहरूको पुरापुर उत्खनन् समयले साथ दिएमा कुनै दिन जनतासाथ गर्ने नै छु । पहिले खासै परिचित मान्छे होइन ऊ । तर, परिचय र अपरिचयको औपचारिक दोसाँधभन्दा धेरैमाथि उठेको छ उसँगको सामीप्य ।

“किन अहिल्यै ‘जब’ गरेको ?” गान्तोक नपुग्दै गाडीमा जाँदै गर्दा उसलाई मेरो पहिलो अनुभवजन्य प्रश्न सायद थोरै ज्यादा अभिभावकीय र औपचारिक बनेको थियो । “अँ, टाइम पास !” – उसको छरितो उत्तरले अरु भूमिका खोज्दै खोजेन । थोरै अन्य कुरा भए माछापुच्छ«े बैंक, ऊ र ऊ पहिले नै पुगेको दार्जलिङ र अरु–अरु टाइम पासबारे । एक अर्थको खुशी त्यो बेला लाग्यो जब उसले मेरो परिचयमा मात्र यत्ति भन्यो –‘हो, म पत्रिकामा पढ्थेँ ।’

बोल्नभन्दा बोलाउनमा र चिन्नभन्दा चिनाउनमा कुशल उसको म्यानेजेरिअल कलाभित्र एक किसिमको गुरुत्व शक्ति अन्तरनिहित थियो । हो, ऊ खुला भन्थ्यो – ‘हेर्नुस् यी सब सँगै पढेका साथी नै हुन् तर म कमैलाई चिन्छु, नाम त झन् धेरैको नान्दिनँ’ । पछि मलाई थाहा लाग्यो, स्वभावतः अन्तरमुखी उसलाई सबै जान्दछन्, सबै चिन्दछन् । सायद ‘राजा चिनाइ’ पक्कै होइन उसको मानेमा । रामबजारस्थित विद्याभवन स्टेशनरीबाट पत्रिका किनेर बसभित्र पढ्दै गर्दा साथीहरूको जत्थासँगै काँधमा झोला भिरेर भित्रिदैको उसलाई देख्नेबित्तिकै त्यसबेला काटेको लख गान्तोक पुग्दै गर्दा सही नै निस्क्यो जब परिचय सोधनीको औपचारीकता जान्दाजान्दै मैले गरेँ ।

संचारको सौभाग्यले जुटाएका मित्र बी.बी. विष्टले धेरै पहिले एक टेलिफोन भेटमा ‘परिचय’कै विषयलाई जोडदार उठाएको प्रसंग अहिले सम्झन्छु । हातमा ‘साप्ताहिक’ बोकेर दक्षिणोत्तर मझेरीपाटनको भ्रमणमा एक्लै निस्केका बिष्टलाई त्यसको डेढ वर्षपछि रेडियो अन्नपूर्णको अतिथिकक्षमा “एब्स्टुयाक्ट चिन्तनः प्याज” खरिदार्थ आँफैसँग पाउँदा मैले केही पाएको महशुस गरेको थिएँ । तर, पाएको केही होइन, केवल स्मृतिबाहेक । र अझै पनि मसँग केही छैन, केवल स्मृतिवाहेक । हो, धेरै पछिको टेलिफोन भेटमा मैले भनेकै हुँ– “जगत र जीवनको ढुङ्गेसाँघुमा थुप्रै भेटिन्छन् र थुप्रै छुट्छन् अनि जुट्छन् । तर पछिसम्म आउने स्वाद–सम्झना दिएर भेटिने गर्छन् निक्कै थोरै । त्यो स्वादको विकल्प खोज्नु जति दुष्कर यात्रा जगतमा अन्य कुनै छैन ।” हो, जीवन सिद्धिन्छ तर सजिलै सिद्धिदैनन्, केही प्यारा स्मृतिहरू । 

गान्तोकमा जनवरी ३ को सूर्य उदायो । हाम्रालागि सिक्किममा उदाएको पहिलो सूर्य ! हामी मौसमको सवालमा भाग्यवानी नै ठहरियौ, कारण जनवरी १ सम्म भारी हिउँ परेको सिक्किमको भूखण्ड हाम्रो आगमन हुँदा पुरापुर खुलेको थियो । हनुमान टक र गणेश टकबाट नियाल्दा सिक्किम सर्लक्क सुतेको थियो कञ्चनजंगाको न्यानो काखमा । यस्तो लाग्थ्यो –सिक्किमको निद्रा अझ गहिरो छ, औसत नेपालीको भन्दा पनि ज्यादा । गान्तोकको चक्कर लगाउने जिम्मा लिएका गाडी ड्राइभर निमा लामाको अभिव्यक्तिकला र बुझाई क्षमता एफएमको गफजस्तै गोलमोल थियो । म सोद्धै गाएँ –सिक्किमका भुटिया राजाको इतिहास । तर उनी बताउँदै गए रानी होप कुकको प्रेम कहानी, विवाह बन्धन, राजकुमारको दुर्घटना र बाँकी दुःखद् दिनचर्या । म सोद्धै गएँ मुख्यमन्त्रीद्वय नरबहादुर भण्डारी र पबनकुमार चामलिङको बेमौसमी मित्रता र मौसमी शत्रुताबारे । तर उनी बताउँदै गए सिक्किमे बानी, आनी र पानी शैलीस्वभाव । मैले धेरै पहिले पढेको हरफ उनले फेरी सम्झाए – “हुर्नुस भण्डारी सर, हामी सिक्मिमेसँग चाखलाग्दो स्वभाव छ । कोही मन प¥यो कि त, एकाहोरो माया गर्ने ।” यसको कारण खोज्ने मेरो प्रश्नको उत्तरमा उनको नजीर थियो –“हामीले नरबहादुर भण्डारीलाई एकोहोरो माया ग¥यौँ र १४ वर्षसम्म मुख्यमन्त्री बनायौँ र अहिले हाम्रो माया खनिएको छ पवनकुमार चामलिङमाथि । कति दिन थेग्ने हुन् उनले हाम्रो माया ? नथाकिन्जेल हामी दिदै जान्छौ र हेर्दै गछौँ ।” सिक्किमेहरु प्लेटोनिक लभ गर्छन् राजनीतिका आत्मन्हरूसँग । लिदैनन् केही, बस् दिन्छन् मात्र ।  

(२०६० साउन ६ गते मंगलबार 'आदर्श समाज दैनिक'मा प्रकाशित )

"> Mahesh Bhandari | A Sociolist
Blog Image

'आत्मन्'को अर्थसँग सिक्किमे संवाद

LOADING
swoosh_up